थाकस सुनसरीको ८ औं अधिवेशन बिजय गच्छदारद्वारा समुद्घाटन(फोटो फिचर सहित हेर्नुस)

Tuesday, 11 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कुलदिप चौधरी ,,
सुनसरी:=सुनसरिको इनरुवा बलहामा थारु कल्यानकारिणि सभा जिल्ला सुनसरीले आज ८ औं  अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख  पुर्व उप प्रधानमन्त्री  बिजय कुमार गच्छदारज्यु बाट पानसमा वति बाली र पुरानो थारु भेष भुसा र पहिचान रहेको  मुर्तिमा माला अर्पन गरि नयाँ ढङ्ग बाट समुद्दउघाटन गर्नु भएको थियोे ।



थाकसका जिल्ला अध्यक्ष पुनित लाल चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्षेत्र न.२का  संानसद सिताराम मेहता,  पुर्व अन्चलआधिस नरेन्द्र चौधरी , केन्द्रिय सदस्य दिप ना चौधरी , केन्द्रिय सदस्य उर्मिला गच्छदार , केन्द्रिय सदस्य मिलिराम चौधरी , आदिवासी जनजाति महा संघका सुनसरी जिल्ला अध्यक्ष राम राई, इनरुवा नपाका मेयर राजन मेहता, रामधुनिका मेयर जय प्रकाश चौधरी ,थाकसका  केन्द्रिय सदस्य सगेन चौधरी , केन्द्रिय सदस्य शुशिला चौधरी , थारु कानुन व्यवसायी सभा केन्द्रिय अध्यक्ष राम राज चौधरी , थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कुलदिप चौधरी लगायय विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थाकसका नगर र गाउँ इकाइ समितिहरुको जिल्ला भरिकै उपस्थिति रहेको थियो। विभिन्न टोल र गाउँ बाट आएका महिला दिदी बहिनिहरुले आफनै थारु पहिरनमा सजि झाकी हरुको  प्रदर्शन गरेका थिए । कार्यक्रममा थारु कला संस्कृतिहरुको पर्दर्शन हुनुका साथै थारु गित संगीतमा कलाकारहरुले नृत्य देखाएका थिए । सम्पुर्ण आथितिय्य गनहरुलाइ साबिक बक्लौरी इकाई समितिका पुर्व अध्यक्ष बिजय चौधरीले स्वागत मन्तबय राखदै स्वागत गरेका थिए । 
कार्यक्रमको संयोजक थाकासका इनरुवा नगर समितिका अध्यक्ष मोहि नारायण चौधरीले गरेका कार्य समितिले जानकारी गराएको छ । विभिन्न वक्ताहरुले थारुको अपुरो माग मुदा पूरा गर्न थारुहरुको छाता संगठन थारु कल्याणकारीणि सभालाइ ध्यानाकर्षण गराउदै अधिवेशनको सफलताको शुभकामना दिएका थिए  ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu