हमार सनेश सहकर्मी ,,
काठ्माडौ:=विगत डेढ दशक देखि चित्रकारिता क्षेत्रमा सक्रिय भूमिका निभाउदै आउनु भएका विष्णुप्रसाद चौधरीको "थारू लोककला पुस्तक" बिमोचित भएको छ। सो पुस्तक नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न ८ लेखकहरुको पुस्तक सँगै बिमोचन गरेको छ।
लेखक तथा अनुसन्धाता सुनसरीका विष्णुप्रसाद चौधरीले पूर्व मेची देखि पश्चिम महाकाली सम्मका आदिवासी थारूका विविध थारू लोककलाहरु झल्किने कलाकृतिहरु समावेश गरेका छन्। पश्चिमका थारूहरुको अस्टिम्की कला, हस्तकला(गोरी कला) तथा राना थारूहरुका भेषभुषाहरु र पूर्वका थारूहरुको कोहवर कला, मोखा तथा चक्का कला, समाचखेवा एवं यस सम्बन्धित लोक गीतहरु पनि पुस्तकमा समावेश गरेका छन्। साथै थारू जातीको परिचय, उत्पति, थारू शब्दको व्यूत्पति र ईतिहास, पूर्व-पश्चिम थारू लोककलाको परिचय, ऐतिहासिकता, वर्गीकरण एवं थारू लोककलाको चित्रमै स्याम्स्वेत र रङ्गीन तस्विरहरु समेत पुस्तकमा समावेश गरिएका छन्।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको आयोजनामा विभिन्न लेखकहरुको ८ वटा पुस्तकहरु बिमोचन भएको छ। काठ्माडौको जमल स्थित नाचघरमा आज एक कार्यक्रम बीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार ज्यूको संयोजकत्व र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री रविन्द्र अधिकारी ज्यूको प्रमूख आथीत्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
पूर्व-पश्चिमका थारू लोककलाहरु एउटै पुस्तकमा यसरी विस्तृत रुपमा समावेश गर्दा सिमित साधन-श्रोतका बावजुत पूर्वदेखि पश्चिमसम्मै निकै नै दौडधुप गर्नु परेको, थारू मौलिक गरगहनाहरु आफ्नै हातले डिटेलिङ गरेको र विगत ६ महिनाको अथक प्रयासले मात्र यस पुस्तकको रुप दिन सम्भव भएको चौधरी बताउनु हुन्छ। १२३ वटा भाषाभासी र १२५ जातजाती भएको नेपालमा देशकै एक सरकारी प्रतिष्ठान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो पुस्तक प्रकाशनको लागि छनौट भएर बिमोचन समेत भएकोमा गर्व महसुस भएको बताउनु भयो।
