आर एन चौधरी थारु,,
मलेसिया :-बिगत ६ बर्ष देखी रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत भोजपुर जिल्ला दोबाने ८ निवासी तेम्बा शेर्पा अचानक बेपत्ता भएको (हराएको) छ।
मलेसियाको क्वालालम्पुर स्थित एकदमै रमणीय,प्रर्यटकिय ठाउँ भनेर चिनिने बुकित बिन्ताङ् शहरबाट अगस्ट महिनाको २९ तारीख शनिबार बिहान १० बजे रुम बाट खाना खान जान्छु भनेर बाहिर निस्केको र आजको मिति सम्म पनि रुममा फर्केर नआएको, सम्पर्क बिहिन भएको नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष पिटि शेर्पाले जानकारी गराउनु भयो।उहाँको भनाइ अनुसार निजको आफन्तले पुलिस रिपोर्ट गरे पनि अहिले सम्म फेला परेको छैन ।
हराउने तेम्बा शेर्पा करिब २ बर्ष देखि पहिलाको कम्पनी छोडेर अबैधानिक रुपमा यताउता हिलिडुली इलेक्ट्रोनिक कामकाज गर्दै आइ रहेको थियो।
निज तेम्बा शेर्पालाई खोजी दिनु हुनको लागी महासंघका अध्यक्षले विनम्र अनुरोध गर्नुभएको छ।साथै उहाँले सो मान्छे भेटाएमा तलको निम्न नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ।
सम्पर्क +60182513116 / +60163566719