निलम राईको सुमधुर स्वरमा सजिएको ' मेरा नि केहि कमजोरी थिए 'भिडियो हेर्नु होस्

Sunday, 2 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी ,,
सुजन बिश्वकर्मा
गीत संगीतलाई बिश्वभरी सबैले आफ्नै तरिकाले बर्णन गरेको पाइन्छ रमाइलो महोत्सव होस अथवा पिडादायीक वेदना भुलाउन प्रायः मानिसहरु संगीतकै सहारा लिने गर्छन बदलिँदो प्रबिधि सगै पछिल्लो समय कोहि पनि ब्यक्ति गीत संगीतको पहुँच बाट टाढा रहेकोे हुदैन ।

समग्रमा समेटेर सांगीतिक क्षेत्र भनिए पनि यस भित्र गीत र लय अनुसार अनेक बिधा पर्दछन र हरेक बिधाको उत्तिकै महत्त्व र प्रचलन छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा केही बिकृतीहरु भित्रीदा यो क्षेत्रलाई केही असर पुर्याएको भएता पनि पहिले देखि नै स्थापित कलाकार सर्जकहरुले निरन्तर संरक्षण गरेका पनि छन भने नया प्रतिभाहरुको आगमनले नयाँपन सगै बिकासमा टेवा पुर्याएको छ ।

भन्दा देख्दा सहज लाग्ने यो क्षेत्रमा जुनसुकै बिधाको पनि एउटा गीत तयार हुन शब्द , लय , गायक गायिका लगायत लगानी सगै अभिनय गर्ने कलाकारहरु सबैको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ ।यस्तै सबै पक्षलाई आफ्नो-आफ्नो स्थान बाट उत्कृष्ट कला प्रस्तुत गर्दै भर्खर म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत “मेरा नि केही कमजोरी थिए”बोलको आधुनिक गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

बिगत लामो समय देखि इटालीमा बसोबास गर्दै आएका गणेश आचार्य साहित्य क्षेत्रका एक अब्बल साहित्यकार हुन विभिन्न परिवेश र समसामयिक बिसयमा शब्दको चोटिलो प्रहार साथै सान्त्वना प्रदान गर्ने उनले यस गीतमा उत्कृष्ट शब्द सृजना गर्दै सांगीतिक क्षेत्रको यात्रामा आफ्नो पहिलो पाइला शुभारम्भ गरेका छन भने गायक निलम राईले सुमधुर स्वर दिएका छन साथै इन्द्र गुरुङ् को लय रहेको छ ।

गीत संगीतलाई नै लक्षीत गरि स्थापना गरिएको NST (NEPALESE SINGING TOGETHER) नामक अनलाइन सांगीतिक संस्थासँग सहकार्य गर्दै निखिल उदासको प्रस्तुति र लगानीमा निर्माण गरिएको म्युजिक भिडियोमा सीता राई , बिक्रम योङ्हाङ र हान्नाह बान्तवाको उत्कृष्ट अभिनय रहेको छ ।
निर्देशक सदिप समर्पण राईको निर्देशनमा तयार पारिएको भिडियोलाई भेष गुरुङले छायांकन तथा सम्पादन गरेका छन।

तलको फोटोमा क्लिक गरेर भिडियो हेर्नुहोस् :
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu