थारु समुदायको अटवारी पर्वमा बिदाको माग गर्दै प्रदेश न.५ को थारुहरुले बुझाए ज्ञापनपत्र

Tuesday, 11 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
दाङ:= परापुर्वकाल देखीनै थारु समुदायले मनाउदै आइरहेको अटवारी पर्वमा यहीँ भदौ ३१ गते सार्वजनिक बिदा दिइनुपर्ने माग गर्दै प्रदेश नम्बर ५ मा बसोबास गर्ने थारुहरुले दाङ तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

थारु कल्याणकारीणी सभा दाङको विशेष अगुवाईमा तुलसीपुर उपमहानगरपालिकाको उप-प्रमुख माया आचार्यलाई सो ज्ञापनपत्र बुझाइएको हो ।
नेपालको तराईमा सदियौँ देखि बसोबास गर्दै आइरहेको थारु जाति आफैंमा एउटा घर्म,संस्कृतीमा सबैभन्दा धनी मानिने सबै भन्दा पुरानो आदिवासी जनजाती ,भुमिपुत्र हुन।
थारुहरुको आफ्नै छुट्टै मौलिक पहिचान छन।
प्रायः जसो थारु समुदायको पुरुषहरुले मान्ने यस् पर्वमा अरु जातिको चाडपर्व तिज ,दसैंमा बिदा दिए जस्तै अटवारी पर्वमा समेत बिदा हुनु पर्छ भन्ने माग सहित प्रदेश प्रमुखको ध्यानाकर्षण गराउदै थाकस दाङका क्षेत्रीय सभापति महेश चौधरीले उप-प्रमुख आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको हो।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार नेपालको संविधानको बिपरित पटक - पटक थारु समुदायलाई हरेक क्षेत्रबाट राज्यले अपहेलना गर्दै आइरहेकोले ,थारु समुदायको संस्कृतिमा आँच पुग्ने खालको क्रियाकलाप राज्यपक्षबाटै हुँदैआइरहेकोले अब आउने दिनमा ती सबैलाई मध्यनजर गरि सुधार गर्दै प्रदेशमा बसोबास गर्ने हरेक जातीको चाडपर्वलाई सम्मान रुपमा अगाडि बढाउन र धार्मिक सहिष्णुता कायम गराउन ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै उप-प्रमुख आचार्यले थारु समुदायले मनाउदै आइरहेको अटवारी पर्वलाई अपहेलना नगरी त्यो दिन सार्वजनिक बिदाको ब्यवस्था मिलाउने भन्नु भयो।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा थाकस दाङका सभापति भुवन चौधरी ,क्षेत्रीय सभापति महेश चौधरी , केन्द्रिय पार्सद चुर्ण बहादुर चौधरी,केन्द्रिय सदस्य बुझौना चौधरी ,थारु पत्रकार संघ क्षेत्र न.५ का संयोजक सन्तोष दहित ,थारु पत्रकार संघ दाङको अञ्जना चौधरी ,थारु कल्याणकारी जिल्ला महिला सभाका शान्ता चौधरी लगायत बिद्यार्थी अगुवाहरुको समेत उपस्थिति रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu