आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष पिटि शेर्पा पदबाट बर्खास्त (प्रेस बिज्ञप्ति,विशेष भिडियो सहित)

Monday, 17 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी ,,
मलेसिया := नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष फूपू तेम्बा शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बन,बर्खास्त गरेको छ ।महासंघ मलेसियाले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।


केही दिन अगाडि देखि विभिन्न विवादमा शेर्पाको नाम मुसिदै आइरहेको र ठग्गी ,दलाली,आर्थिक हिनामिना लगायतको विभिन्न आरोपहरु सहित घर फर्किन बिश्वासका साथ निज शेर्पा कहाँ आएका अबैधानिक कामदारहरु आफुहरु लाई विभिन्न बहानामा दु:ख दिदै आइरहेको र यो समस्याबाट मुक्त हुन पाउ ,उद्दार गरि पाउ भन्ने बारे शेर्पा विरुद्ध नेपाली राजदुतावास मलेसियामा पनि उजुरी परेको थियो ।उजुरी पश्चात् दूतावासले केही दिनमा घर फर्किने भनेर बिश्वासको साथ उनिहरु निज शेर्पा कहा आएकोले चाडो भन्दा चाडो ती अबैधानिक नेपालीहरु लाई नेपाल् फर्काउन ब्यवस्था मिलाउन अल्टिमेटम दिइएको एक उच्च स्रोतले बताउनु भयो ।

सो उजुरी पश्चात् पिटिले बिधान बिपरित र विभिन्न किसिमका विवादित कार्य गरेको हुनाले निलम्बन गरेको बिज्ञप्तिमा स्पष्ट उल्लेख गरिएको छ।

त्यस्तै यता शेर्पा किदुग मलेसियाले पनि फूपू तेम्बा शेर्पा पिनासा (पिटि) विरुद्ध कडा प्रेस बिज्ञप्ति जारी गर्दै किदुग भित्र संयोजक सल्लाहकारको रुपमा बसि काम गर्दै आइरहेका पिटिलाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको छ।

किदुगले जारी गरेको प्रेस बिज्ञप्तिको नुसार आदिवासी जनजाती महासंघ मलेसिया भनेको यहाँ रहेको विभिन्न आदिवासी भित्र पर्ने जातिय संस्थाहरु बाट प्रतिनिधित्व गरेर आएको पदाधिकारीहरु र संस्थाको सहयोगमा बनेको एउटा् साझा घर जस्तै हो सोही सरह महासंघ मलेसियाको गत तेस्रो अधिबेशन बाट किदुगको तर्फबाट मृतक मिङमा शेर्पा अध्यक्षमा निर्वाचित भैइ कार्यभार सम्हाल्दै आइ रहदा २,३ महिना पछि निजको दु:खद निधन हुन पुग्यो ,त्यस पश्चात् किदुगको कार्यसमितीले नै निर्णय गरेर संयोजक सल्लाहकारको भुमिकामा रहनु भएको फूपू तेम्बा शेर्पा पिनासा (पिटि )लाई महासंघको अध्यक्षको कार्यभार समहाल्न अगाडि सार्दै सिफारिस गरेको थियो र महासंघ मलेसियाको कार्यसमितीले सो निर्णयलाई आत्मसात गर्दै बिश्वासको साथ अध्यक्षको जिम्मेवारी पिटिलाई सुम्पेको थियो ।

तर केही महिना अगाडि देखि निज शेर्पाले समाजिक संजाल लगायत ग्रुप च्याटहरुमा खुल्ला रुपमा चुनौती दिदै किदुगको विरुद्धमा जथाभावी अभिब्यक्तीहरु दिदै आइ रहेको थियो ,कहिले भन्ने गर्थ्यो क्वालालम्पुर कोतरायामा किदुगको बैठक बसे पुलिस बोलाएर जेलमा थुन्न लगाउछु ,मार्छु ,कुट्छु ,शेर्पाहरु लाई फुटालेर ताप्लेजुङ प्रवास समिती स्थापना गर्छु लगायतको विवादित अभिब्यक्ति र ठाडो चुनौती दिदै आइरहेकोले साथै अबैधानिक कामदारलाई ठग्ने , भिजा लगाइदिने बहानामा ठग्ने ,आर्थिक हिनामिना गर्ने,धाकधम्की दिने  लगायतको क्रियाकलाप तिब्र रुपमा बढेकोले दूतावास मलेसियामा उसको विरुद्धमा उजुरी समेत परेकोले  पिटिलाई यस् शेर्पा किदुग मलेसिया संस्थामा साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्दछौ साथै आगामी दिनमा कुनैपनि संस्थाको साधारण सदस्यता पत्र नदिनहुन अनुरोध गर्दै बिज्ञप्ति जारी गरेको हो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu