थाकस कैलालीको सभापतिमा जेलमा रहेका लाहुराम चौधरी पुनः सर्वसम्मतले चयन

Monday, 17 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कैलाली:= थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् ।

२०७२ भदौ ७ गते टीकापुर घटना घटेको बेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गरेका थिए । घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उनको नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी दुई वर्षदेखि जेलमा छन् ।
यसैगरी सदस्यमा विनिता चौधरी, एन्जल चौधरी, सविता चौधरी, देशराम चौधरी, वीरबहादुर चौधरी, सीता चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, माधव चौधरी र तारा चौधरी चयन भएका छन् ।

कार्य समिति पदाधिकारी सदस्यभित्रबाटै चयन गरिने माधव चौधरीले जानकारी दिए । यसैगरी, अधिवेशनमार्फत गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतराम चौधरी, प्रभातकुमार चौधरी, फोनीराम चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी र कृष्णकुमार चौधरीलाई केन्द्रीय पार्षद्मा चयन गरिएको छ । केन्द्रीय पार्षद्मा ३३ प्रतिशत महिला नपुगेको भन्दै महिला पार्षद्ले विरोध जनाएको जनाइएको छ ।

यसैबीच, थारु कल्याणकारिणी सभा कैलाली लगायत विभिन्न संघ संस्थाले अट्वारी पर्वको उपलक्ष्यमा भदौ ३१ गते सार्वजनिक विदा दिएकोमा प्रदेश नम्बर ७ प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu