सिंगीया (थाकस) गाउँकार्यसमिति जिल्लामै पहिलो महिलामैत्रि समिति गठन/समितिमा पुरुष शुन्य

Wednesday, 5 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का:=थारु कल्याण्कारीणी सभा(थाकस)मा पुरुषहरुको हालिमुहालि चलिरहदा सिगंीया गाउँ कार्यसमितिमा भने जिल्लामै पहिलो महिला मैत्रि समिति गठन भएको छ । सतनी चौधरीको अध्यक्षतामा ११ सदस्य समिति गठन गर्दै सम्पुर्ण पदमा महिला प्रतिनिधि रहेको जिल्ला सचिव मनोज चौधरीले बताए ।

रामधुनी वडा नं. ३ वडा कार्यालयको सभाहलमा मंगलवार भएको पुनःगठनमा मनिषा चौधरी (उपाध्यक्षमा),रेनुका चौधरी(सचिव),दुलारी चौधरी(सह सचिव),संगीता चौधरी(कोषाध्यक्ष)मा सर्व सहमतिले चयन भएको हो । त्यसतै सदस्यहरुमा ममता,दयावती,अन्जु,माया,भुटो र आमो देवि चौधरी रहेकी छन् ।

जिल्लामै पहिलो पटक थाकसमा महिला मैत्रि गठन गरेर सिंगीया कार्यसमितिले महिला नेतृत्वको शन्देस दिएको छ भन्दै महिला नेतृत्व प्रोत्साहनकालागी गरेको प्रयास उदाहरणीय भएको थाकस जिल्ला अध्यक्ष पुनित लाल चौधरीले बताए ।

सिंगीया गाउँ कार्यसमिति गठन प्रकृयाकालागी निर्वाचन समितिको संयोजकमा थाकस जिल्ला सचिव मनोज चौधरी, सदस्यमा राजकुमार र कालुराम चौधरी रहेका थिए । महिलाहरु मत्र रहेको यो कार्यसमिति सम्मानित र महिला मैत्रि रहेको निर्वाचन संयोजक चौधरीले बताए । कार्यक्रम सिंगीया थाकसका उपाध्यक्ष नारायण चौधरीको अध्यक्षतामा समपन्न भएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu