मलेसियामा चौधरी,खनाल,शेर्पा बेपत्ता/खोज्न सहयोग स्वरुप एक सेयर अनिवार्य गर्नुहोस्

Monday, 3 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया :=यसो त नेपालीहरुको लागी रोजगारीको निम्ति सजिलो,बिना झन्झटिलो काम गर्न जान मिल्ने प्रमुख गन्तव्य मानिन्छ मलेसिया ! हो यहीँ मलेसियामा दिनप्रतिदिन नेपाली हराएको ,बेपत्ता भएको खबर तीब्र रुपमा विभिन्न अनलाइन सञ्चार माध्यममा सार्वजनिक भैइरहेको छ आजभोलि ।

हराउने क्रममै विगत ४ बर्ष देखी मलेसियाको कावाल हिक्माह एस.डिएन.बिएचडि.सेक्युरिटी कम्पनी (kawal hikmah sdn bhd security company )मा कार्यरत चितवन जिल्ला भरतपुर निवासी विश्वनाथ खनालको ४२ बर्षिय छोरा पासपोर्ट नम्बर ३१५९८२३ भएको केशवराज खनाल बिगत १ बर्ष देखी मलेसियामै हराइरहेको ( बेपत्ता ) छ।
केशवको श्रीमती भगवती खनालले श्रीमान हराइरहेको बारे जानकारी गराउदै भन्नू हुन्छ श्रीमान हराएको, सम्पर्क बिहिन भएको लगभग १ बर्ष भयो अहिले सम्म फेला परेको छैन ,कहिकतै बाट सोधिखोजी छैन भन्ने दुखेसो पोख्नु हुन्छ उहाँले ।साथै श्रीमतीले श्रीमान खोजी गरिदिनुहुनको लागी मलेसियाबासी संग बिनम्र अनुरोध गर्दै तलको निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ भन्ने भयो।
नेपालको लागी सम्पर्क नम्बर :-००९७७९८४५०५४६४३/००९७७९८४५०९०८५६ |- /

यता मलेसियामै शाहलाम स्थित ( WCT Construction Sdn.Bhd) मा कार्यरत उदयपुर जिल्ला, सुन्दरपुर वार्ड नम्बर ४ निवासी प्रदिप कुमार चौधरी बिगत १० महिना देखि हराइरहेको बेपत्ता भएको हो ।

बेपत्ता भएको बारे बृहत् रुपमा बुझ्न सोही कम्पनीमा संगै कार्यरत निजको साथी प्रकाश चौधरीको भनाइ अनुसार बिगत १० महिना पहिला हामी दुबै जना ड्युटी सकिएर रातीको समयमा दिनभरी काम गरेको थकान कम गर्न होटेलमा बसेर थोरै मदिरा सेवन गरेको केही समय पछि उ एक्लै छुट्टिएर घुम्दै फिर्दै रुम पुगेको र बाटोमा फ़ेरि बियर किनेर होस्टेल भित्र छिर्न खोजेको तर त्यहाँ कार्यरत नेपाली र मलायु सेक्युरिटी मध्य मलायु संग मादकपदार्थ बियर लिएर होस्टेल भित्र छिर्न हुने कि नहुने भन्ने बिषयमा केही समय सम्म भनाभन भएको,लडाइ,झगडा परेको थियो , भोलिपल्ट बिहानै मलाई फेसबुकको म्यासेन्जरमा भोइस म्यासेज गरेको " कि मेरो ड्युटी गर्ने कम्पनीको ड्रेस र जुत्ता कन्स्ट्रक्सन साइडमा ल्याइ दिनु भनेर तर म त्यहाँ साइडमा जादा त्यहाँ बाट उ बेपत्ता भैइ सकेको थियो ,त्यो दिन देखी अहिले सम्म प्रदिप सम्पर्कमा बिहिन नै रहेको भन्नु भयो।

यस् बिषयमा चौधरी कार्यरत कम्पनी सङ्ग बुझ्दा " हामीले पुलिस रिपोर्ट गरिसकेको छौ ,खोजीकार्य जारी छ्न " भनेर जानकारी गराएको मलेसिया स्थित नेपाली राजदुतावासमा समेत जानकारी लिन ( बुझ्न ) पुगेका नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी दिनु भयो।बेपत्ता प्रदिप कुमार चौधरी बिगत ५ बर्ष देखी सोही कम्पनीमा कार्यरत रहेका थिए।

अर्को यता बिगत ६ बर्ष देखी रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत भोजपुर जिल्ला दोबाने ८ निवासी तेम्बा शेर्पा पनि अचानक बेपत्ता भएको (हराएको) छ। 
मलेसियाको क्वालालम्पुर स्थित एकदमै रमणीय,प्रर्यटकिय ठाउँ भनेर चिनिने बुकित बिन्ताङ्  शहरबाट अगस्ट महिनाको २९ तारीख शनिबार बिहान १० बजे रुम बाट खाना खान जान्छु भनेर बाहिर निस्केको र आजको मिति सम्म पनि रुममा फर्केर नआएको, सम्पर्क बिहिन भएको नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष पिटि शेर्पाले जानकारी गराउनु भयो।उहाँको भनाइ अनुसार निजको आफन्तले पुलिस रिपोर्ट गरे पनि अहिले सम्म फेला परेको छैन ।

हराउने तेम्बा शेर्पा करिब २ बर्ष देखि पहिलाको कम्पनी छोडेर अबैधानिक रुपमा यताउता हिलिडुली इलेक्ट्रोनिक कामकाज गर्दै आइ रहेको थियो।
यी हराउने हुने ब्यक्तित्वहरु लाई भेटाउनु हुने जो कोहि मलेसियाबासीले तलको निम्न नम्बरहरुमा सिधै सम्पर्क गर्न सक्नु हुनेछ।
सम्पर्क न.:-+६०१६३५६६७१९ / +६०१८३८७६०२९
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu