हमार सनेश सहकर्मी ,,
नवीन चौधरी ,,
कोल्हबी:= कोल्हबी नगरपालिका वार्ड नम्बर १ खैरामा प्रधानमन्त्री सम्पर्क सल्लाहकार एवम नेकपाका केन्द्रिय सदस्य अच्युत मैनाली द्वारा राधाकृष्ण मन्दिर को उद्घाटन सम्पन्न भयेको छ।
उक्त मन्दिरको निर्माण जनहित युवा क्लब खैराको आयोजनामा सम्पन्न भएको हो।
क्लबका समितिले देउसी भैलो खेली १लाख ६२हजार १सय २० रुपैया संकलन गरेका थियो भने नगरपालिका बाट ७८हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो र अन्य रकम सहयोग दाता को दान बाट प्राप्त भइ करिब १२लाख रुपैया को लागत मा मन्दिर निर्माण सम्पन्न भएको छ। दाता हरुलाइ प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो।
कार्यक्रममा प्रदेश सभा सदस्य बारा क्षेत्र नम्बर १ (क) का त्रिलोकि चौधरी ,नगर प्रमुख भरत बहादुर भण्डारी ,
नगर उप- प्रमुख सुनैना देवि थरुनी ,वदा नम्बर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी र छबिलाल उप्रेती लगायतका ब्यक्तित्वले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बलबिर चौधरी,ढुन्डीराज उप्रेती, गोबिन्द पौडेल,कल्याणि चौधरी , राजहरन चौधरी, पुरन देव चौधरि लगायतका उपस्थिती रहेको थियो।कार्यक्रममा स्वागत मन्तव्य बिष्णु प्रसाद खनालले राख्नु भएको थियो भने कार्यक्रम संचालन सि.एम रिमालले गरेको जानकारी उक्त क्लब का अध्यक्ष पुरुसोतम ओलिले दिनु भयो।