नोबेल मिस्टर एण्ड मिस थारु आइकनमा छनौट भएकोलाई २३ गते देखी तालिम दिइने

Monday, 3 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
मोरंङ:= प्रदेश नं. १ स्तरिय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ मा छनौट भएका ८४ जनाको तालिम संचालन २३ गते देखि नै हुने भएको छ। उक्त तालिम बिराटनगरको होटेल इस्टर्न स्टारमा हुने आयोजकले जनाएको छ।

छनोट प्रतिस्पर्धीलाई १ महिना सम्म तालिम दिईनेछ भने तालिम अवधिभरमा इभेन्ट समबन्धि तालिम, क्षमता अभिवृद्धि, भाषण, अभिनय, योग, संगीत , नृत्य लगायत तालिम र थारु संस्कृतिबारे जानकारी तथा प्रदर्शनी, ट्यालेन्ट सो, फोटो सुट हुने जनाएको छ। त्यसैगरि तालिममा सहभागीले टिसर्ट, १ जोडी लुगा, तालिम अबधिमा खाजा पाउनेछन। उदयपुर र झापाका सहभागीका लागि निशुल्क बास सुविधा रहने आयोजकले जनाएको छ।  तालिममा सहभागी हुनेले  प्रतिष्पर्धीले  रजिष्ट्रेशन बापत  रु. १३ हजार लाग्ने छ भने सो रकम थारु कला केन्द्र को कृषि बिकास बैंकको खाता नं.०६०२००१२८०८३३०१८ मा बुझाउनु पर्नेछ।

तोकिएको समय भदौ २१ गते सम्म रजिष्ट्रेशन फारम भरिसक्नु पर्ने भनिएतापनि छनौट भएका सहभागीको आर्थिक समस्याको मध्ये नजर गर्दै तालिम सुरु भएपश्चात पनि लाग्ने रकम बुझाउन सकिने कार्यक्रम निर्देशक देवकृष्ण बिश्वासले बताए। त्यसैगरी तालिम अबधिभर सहभागी प्रतिष्पर्धीले मोबाइल प्रयोग गर्न नपाउने, आयोजकले दिएको निर्देशिका र आचार सहिंता पालना गर्नु पर्ने समेत जनाएको छ।
सह-आयोजक थारु के अवाज नामक संस्थाले तालिम संचालनमा महत्व पूर्ण भूमिका निर्वाह गर्दै कार्यक्रम भब्य, सभ्य ढंगले सफल बनाउन आफुहरु लागि पर्ने संस्थाकि अध्यक्ष एवं यस कार्यक्रमका महिला बिभाग प्रमुख संगीता चौधरीले बताईन। त्यसैगरी सो संस्थाका उपाध्यक्ष देवनारायण चौधरीलाई पुरुष ड्रेस डिजाइन संयोजक र सचिव सुन्दराम थन्दारलाई प्रतियोगी बिभाग संयोजकको जिम्मा दिएका छन। तालिम बिभाग संयोजकमा भने सनराइज चौधरीलाई चयन गरिएको छ।

त्यसै गरि हौली परिवार, थारु महिला उत्थान समाज, थारु चलचित्र तथा सांस्कृतिक संघले यस कार्यक्रमा मुख्य भूमिका खेलेको आयोजकले जनाएको छ। महिला अभियन्ता एव सल्लाहाकार सुची चौधरी, कानुनि सल्लाहकार मदुसुदन चौधरी, उधोग बाणिज्य संघ झुम्का सदस्य तथा सल्लाहाकार सिता चौधरी, कोचिला एफएम ९१.५ मेगाहर्जका कार्यक्रम निर्देशक गवन सिंह चौधरी, हौलिपरिवार अध्यक्ष सम्पतलाल चौधरी, थारु ब्याकरणकार भोला चौधरी, कार्यक्रमका सुचना बिभाग संयोजक सुनिल चौधरी लगायतले यस कार्यक्रम सफल बनाउन तनमन, बचन र नैतिक, भौतिक र आर्थिकरुपमा साथ दिएको इभेन्ट म्यानेजर प्रवलदीप बिश्वासले जनाएका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu