थाकस सुनसरीले लोकतान्त्रिक पद्धतिको अभ्यास बाट नयाँ कार्यसमिती गरे चयन/अध्यक्षमा सुरेन्द्र कुमार चौधरी

Friday, 14 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
 कुलदिप चौधरी,,
सुनसरी:= थारु कल्याणकारीणि सभा सुनसरीले लोकतान्त्रिक पद्धतिको अभ्यास बाट नयाँ कार्य समिति चयन गरेका छन। सर्व सहमती बाट कार्य समिती चयन गर्ने पटक पटक रसा कसि भए पनि घैटाेमा घाम न लागे पछी , बाध्य भै चुनाबी लोकतान्त्रिक अभ्यास चुनाबी प्रक्रियालाई अपनाउनु परेको भुपु अध्यक्ष पुनित लाल चौधरी जानकारी गराएको छ । यश लोकतान्त्रिक पद्धति बाट नयाँ कार्य समितिमा अध्यक्षमा सुरेन्द्र कुमार चौधरी ४५ मत ल्याइ बिजय भएको छ , उहाँको प्रती द्वनदी मनोज चौधरी ३५ मत मात्र प्रप्त गरेका थिए । 

यसैगरी सदस्यमा जानकी चौधरीले ६३ मत, रामपरी चौधरीले५७ मत,तारा देबि चौधरीले५२ मत, मोहि चौधरी ५४ मत, रुपेस चौधरीले५३ मत,देवानन्द चौधरीले४५ मत,देबेन्द्र चौधरीले३९ मत , बसन्त चौधरी ३६ मत र वीर ना चौधरी ३६ मर ल्याइ बिजय भएका छन। यसैगरी सदस्यमै हेम ना चौधरी र देबेन्द्र चौधरीको ३५/३५ बराबर मत आएको हुदा गोला प्रथा बाट इटहरिका देबेन्द्र चौधरी छनोटमा परेका छन। 

यसैगरी पारसदमा पुनित लाल चौधरी ७१ मत, दयानन्द चौधरी ६० मत, गवन चौधरी ६० मत , लथुराम ५८ मत, देब कुमार ५५ मत,र प्रशुराम चौधरी ५३ मत ल्याइ बिजय भएका छन। यसै  निर्वाचित सदस्यबाट पछी उपाध्यक्ष , सचीव, स सचीव , कोषअध्यक्ष छनोट गर्ने भनी समिती ले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu