आर एन चौधरी थारु ,,
मलेसिया := नेपालीहरुको लागी रोजगारीको निम्ति सजिलै जान सक्ने गन्तव्य भनेर चिनिने देश हो मलेसिया ।
हो त्यहीँ मलेसियामा दिनानुदिन नेपाली श्रमिकहरु बिचौलियाबाट ठगिने क्रम तिब्र रुपमा बढेको छ।
केही महिना अगाडि देखी स्थानीय सरकारले यहाँ रहेका अबैधानिक बिदेशी कामदारलाई घर फिर्ती,स्वदेश फर्किन समय अवधी तोकेको थियो सो समय अवधी गत महिनाको अगस्ट ३१ तारिख सकि सकेको छ ।
तर सोही समयअवधी भित्र सुरक्षीत साथ करिब १९ जना अबैधानिक नेपाली श्रमिक कामदारहरु नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको केन्द्रिय अध्यक्ष फूपू तेम्बा शेर्पा (पिटि)को माध्यम बाट घर फर्किन्छु भनेर मलेसियाको विभिन्न ठाउँहरु बाट क्वालालम्पुर आएका हुन र अध्यक्ष शेर्पाले घर फर्किन लाग्ने भने बमोजिमको आर्थिक रकम समेत उसै लाई बुझाइ सकेको तर घर फिर्ती हुने समय सकिएर पनि करिब डेढ महिना बितिसक्दा पनि हामी लाई घर नपठाएको र बिच्चलीमा पारेको त्यसैले हामी पीडितहरु एकजुट भएर न्याय पाउनको लागी दूतावासमा उजुरी समेत पेश गरिसकेको भनेर पीडितहरु गणेश बि.क.,जीवन थापा ,जितबहादुर कुमाल,पुर्ण बहादुर डाङ्गी ,तिलक बहादुर सेन्तान ,,बेल नारायण क्ष्रेष्ठ , प्रमोद चौधरी , बृहस्पति यादव , भरत सदा,पदम खत्री , जीवन रिजाल,
लगायतको १९ जना नेपालीहरुले प्रत्येक्ष भेटमा भन्नू भयो ।
उता पिटि शेर्पाको आफ्नै निवासमा थुनामा जस्तैः रहेका ६ जनाले हामीलाई रुम बाट कतै निस्किन नदिइएको थुनेर राखेको भन्नू भयो ,न त घर पठाउनु हुन्छ न त कतै जान दिनुहुन्छ , हामि कसरी को संग सहयोग माग्ने भनेर फोन मार्फत यो कुरा बताउनु भयो।
निजको रुममै बन्धक जस्तै अवस्थामा रहेको पीडित प्रमोद चौधरी भन्नू हुन्छ मैले घर जाने भनेर पिटि शेर्पालाई बिश्वास गरेर २२ सय रिङ्गिट बुझाएको हु त्यो पैसा त घर जाने भनेर दिएको भो अर्को फ़ेरि सापटी भनेर १७ सय रिङ्गिट जबर्जस्ति मागेर लिएर गयो सापटी रकम अहिले फिर्ता माग्दा भोलि दिन्छु पर्सि दिन्छु भनेर भाका सारेको सार्यै गर्छन फिर्ता गर्ने नामै लिदैन न त घर जान लिएको रकमले घर नै पठाउछ भनेर दुखेसो पोख्नु भयो चौधरीले ।
यता पिटि शेर्पा बारे परेको उजुरीको बिषयमा नेपाली राजदुतावास क्वालालम्पुरमा सम्पर्क गरेर बुझ्दा दूतावास मलेसियाका जेल बिभाग प्रमुख महेश त्रिपाठीले हामी उहाँलाई बारम्बार फोन गरेर बोलाउदा पनि उपस्थित नहुनु भएकोले समस्याको समाधान खोज्न ढिलाइ भैइरहेको बताउनु भयो।यदि आज पनि उपस्थित नभए दूतावासले शेर्पाको विरुद्धमा आफ्नो कार्वाहीको प्रक्रिया अगाडी बढाउने जानकारी दिनु भयो।
यता अध्यक्ष शेर्पा भने यो कुराहरूको
मौखिक रुपमा खण्डण गर्दै आइरहनु भएको छ।


