थारु कल्याणकारीणि सभा चितवन शाखाले अन्तरक्रिया तथा तालिम गरे सम्पन्न

Thursday, 13 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो थारु
भरतपुर:=थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीचमा बुधबार संस्थागत विकास सम्बन्धी तालिम र अन्तरक्रिया गरेको छ ।
भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा अन्तरक्रिया तथा तालिम कार्यक्रम भएको हो । कार्यक्रममा थाकसका कानूनी सल्लाहकार पूर्वन्यायधिश नन्दलाल महतो, इन्जिनियर गुनेश्वर महतो र पूर्व सचिव संजयकुमार चौधरीले सहजीकरण गर्नुभएको थियो ।
थाकस चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु पाँच समूहमा विभाजन भई सामूहिक छलफल गरी निस्कर्ष निकालेका थिए । भदौ ३० गते पूर्व पदाधिकारी र सल्लाहकारबीच छलफल गर्ने पनि निर्णय भएको सभापति चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा डा. मनोज कुमार चौधरी र केन्द्रीय पूर्वउपाध्यक्ष भजुमनराम महतोले मन्तव्य व्यक्त गर्दै थारु समाजका लागि थाकसको योगदान र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझावसहितको धारणा राख्नुभएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu