हमार सनेश सहकर्मी ,,
बर्दिया:= थारु पत्रकार संघ नेपाल बर्दिया शाखाका अध्यक्ष तथा प्राइम टाइम टेलिभिजनका बर्दिया संवाददाता सञ्जु चौधरी (शरम) माथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया:= थारु पत्रकार संघ नेपाल बर्दिया शाखाका अध्यक्ष तथा प्राइम टाइम टेलिभिजनका बर्दिया संवाददाता सञ्जु चौधरी (शरम) माथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राती ९ः३० बजेको समयमा गुलरियाबाट घर फर्किरहेका उनलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जब्दहवा गाउँमा मदिरा सेवन गरेका तीन जनाले गाली गलौज गरी मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको एउटा दाँत भाचिएको छ भने देब्रे आँखा नजिक चोट लागेको छ । साथै उनको साथमा रहेको क्यामेरा र डायरी लुटिएको छ ।
कुटपिटमा संलग्न बारबर्दिया नगरपालिका वडा नं ५ का जंगबहादुर थारु, तिलक थारु र सुरमान थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बनियाभारमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ बर्दिया, प्रेस संगठन बर्दिया र थारु पत्रकार संघ नेपालले हिजो छुट्टाछुट्टुै विज्ञप्ती जारी गर्दै उक्त घटनाको भ्रत्सना गरेका छन् । विज्ञप्तीमा सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।




