बिपन्न परिवारलाई आयआर्जनकालागी युथ क्रिएशन सुनसरीद्धारा सिलाई मेसिन र साईकल अनुदान

Wednesday, 19 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
सुनिल चौधरी,,
झुम्का:= अतिबिपन्न परिवारका सदस्यलाई आयआर्जन गर्ने उधेश्यले मंगलवार युथत्रिएशन सुनसरीले सिलाई मेसिन र  शिक्षामा प्रोत्साहनकालागी साईकल बितरण गरेको छ ।  वलर्डभिजनको सहकार्यमा युथक्रिएशनले आफनो कार्य क्षेत्र अन्तर्गतका बिपन्न परिवारलाई १५ थान सिलाई मेसिन र १० थान साईकल बितरण गरेको हो ।

बितरण युथ क्रिएशनका अध्यक्ष अम्बर बहादुर राई,ईटहरी वडा नं.१८ का वडा अध्यक्ष रामकुमार चौधरी,गढि गाउपालिका वडा नं. १ वडा सदस्य ईन्द्रलाल चौधरीले गरे । प्रति सिलाई मेसिन १३ हजार ४ सय  र साईकल ७ हजार ३ सय मुल्य बरावरको रहेको सहजकर्ता सत्यनारायण थारुले बताए ।

ईनरुवा ५ झखनझोराकी अभिभावक जुक्ति मोचि युथ क्रिएशनबाट साईकल अनुदानमा पाउदा खुसि भईन् । गरिबिका कारण साईकल किन्न सकेको थिईन् उन्ले भनिन् अनुदानमा साईकलपाएपछि छोरीले स्कुल सम्म जान र ट्युसन पढ्नकालागी आउजाउमा सजिलो हुने बताईन् । सिलाई मेसिन पाएकी रामधुनी वडा नं. ५ हसनपुरकी रञ्जना चौधरीले अबका दिनमा घरमै सिलाई पसल खोलेर आयआर्जन गर्न सक्ने बताईन् । त्यसैगरी ईटहरी १८बडहराकी पबित्रा चौधरी पनि आयआजनगर्ने सिलाई मेसिन पाउदा घरको खर्चमा आफुलेपनि सहयोग गर्न सक्ने बताउदै औधि खुसि भईन् ।अनुदानमा पाएका सामान घरमा थन्काएर माकुराको जालो लगाउने किसिमले राख्न नहुने वडा अध्यक्ष चौधरीले सुझावदिएका छन् । यसलाई सदुपयोग गर्दै स्वरोजगार बन्नु पर्ने भन्दै  समाज समृदिकालागी युथ क्रिएशनको अभियान सराहनिय रहेको वडा अध्यक्ष चौधरीले बताए ।

स्पोनसरसिप परियोजना अन्तर्गत युुथक्रिएशनले आय आर्जन गर्ने सामाग्री बितर गरेको सहजकर्ता थारुले जानकारी दिए । यसभन्दा पहिले उनिहरुलाई युवा उद्यमसिल्ताकालागी सिलाई कटाई,ब्युटिसिय,कुक, अगरबति बनाउने लगायतका तालिम दिएका थिए । युथक्रिएशनले साबिक चाँदवेला,भासि,पकली,मधेशा,मधैली र एकम्बामा कार्यक्षेत्र बनाएर बिपन्न परिवाललाई अर्थिक समृदिकालागी सहयोग गर्दै आएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu