रामधुनी नगरपालिकाको सिनुवारीमा थाकस गाउँ इकाई कार्यसमिती गठन/अध्यक्षमा नरेश कुमार चयन

Tuesday, 4 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुलदिप चौधरी,,
सुनसरी:=रामधुनी नगरपालिकाको भात गाउँ सिनुवारीमा लामो रसा कसि पछी  थारु कल्याणकारीणि सभाले गाउँ एकाइ  कार्य समिती सर्वसहमती बाट चयन गरेका छन । 
थाकसको केन्द्रिय अधिवेशन नजदिकै जादा धमाधम नगर र गाउँ कार्य समिति कल्याणकारीणिले चयन गरेका हुन।

थाकसको भवनमा सम्पन्न भएको कार्यक्रममा ११ जना कार्य समिती रहने गरि अध्यक्षमा नरेश कुमार चौधरी , उपाध्यक्षमा दुलारचन चौधरी , सचिवमा कमला चौधरी , स सचिवमा भजन लाल चौधरी ,कोषा अध्यक्षमा हस्तकला  चौधरी र सदस्यहरुमा रन्जित , मन्जु, नवीन, होहि लाल, आन्न्द र मम्ता रहेका छन। यश कार्य समिती चयनका निम्ति आइतबार देखिनै सुरु भएको कार्यक्रममा सर्व सहमती न जुटे पछी कार्य समिति चयनका निम्ति अन्योल भएको ले कार्यक्रमलाई स्थगित गरि  चुनाब गराउने तर खरमा रहेता पनि पछि सोमबार बाट सहमती जुटे पछी सर्व सहमतिमा नै चयन भएको हुदा आम थारु समुदायलाई प्रेनाको संदेश दिएको छ ।

कार्यक्रममा थारु कानुनी व्यवसायी सभाक केन्द्रिय अध्यक्ष राम राज चौधरी , थाकसका  केन्द्रिय पारसद केशी लाल चौधरी, व डा अध्यक्ष महेश चौधरी , उधोग बाणिज्य संघका नवीन चौधरी , थारु महिला सभाकी न. अध्यक्ष सीता चौधरी , थारु चलचित्र संघकि जि अध्यक्ष जानकी चौधरी लगायतले मन्तव्य राखदै नयाँ कार्य  समितिलाई शुभकामना दिएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu