पौष २९ गते काठमाडौं टुडिखेलमा रक्तदान कार्यक्रम आयोजना हुँदै/सहभागी भैईदिनु हुन अनुरोध ।

Saturday, 11 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
काठमाडौं := थारु राष्ट्रिय माघी महोत्सव-२०७६ मुल आयोजक समिती काठमाडौं स्वास्थ बिभागको संयोजकत्वमा  रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

यहीँ पौष २९ गते मंगलबारको दिन टुडिखेल मैदान काठमाडौंमा बिहान ११:०० बजे देखी माघी महोत्सव मुल आयोजक समितीको मुख्य आयोजनामा सो रक्तदान (blood donation) कार्यक्रम हुन गैईरहेको महोत्सव तयारी समितीको स्वास्थ्य बिभाग संयोजक रहेकी पुष्पा गोजेवार थारुले जानकारी दिईन ।
थारु समुदायको महान राष्ट्रिय पर्व माघ,माघी,खिचरी,तिला सङ्क्रान्ती/नयाँ बर्ष २६४३ को शुभ अवसरमा थारु समुदायको कला,संस्कृति,रितिरिवाज,परम्परालाई जगेर्ना गर्नको लागी प्रत्येक बर्ष झै यस वर्ष पनि माघ १ गतेको दिन दुई दिवसीय बृहत कार्यक्रम सहित काठमाडौं स्थित टुडिखेल मैदानमा थारु राष्ट्रिय माघी महोत्सव-२०७६ थारु समुदायको माउ संस्था थारु कल्याणकारीणी सभाको मुख्य आयोजना तथा उपत्यकामा रहेका विभिन्न संघसंस्थाको संयुक्त सहकार्य,आयोजनामा महोत्सव हुने भएको हो ।
महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताए । दुई दिन सम्म चल्ने यो महोत्सव निशुल्क हेर्न पाईने छ्न भने महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकको दाबी रहेको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu