मिस्टर एण्ड मिस थारु आईकनका उत्कृष्ट एकजनालाई निःशुलक स्टाफनर्स अध्ययन गराउने घोषणा:- नोबेल टिचिङ्ग हस्पिटलका प्रमुख सुनिल शर्मा

Sunday, 7 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= नोबेल टिचिङ्ग हस्पिटलका प्रमुख सुनिल शर्माले थारु आईकन उत्कृष्ट एकजनालाई निःशुलक स्टाफनर्स पढाउने घोषणा गर्नु भएको छ । प्रदेश १ स्तरी मिस्टर एण्ड मिस थारु आईकनका प्रतियोगी (कन्टेसटेन्ट)हरुको बिभिन्न चरणको तालिम दिदै सनिवार ट्यालेन्ट राउन्ड भएको छ । 

बिराटनगरमा भएको सो ट्यालेन्ट राउन्डमा आफनो धारणा राख्दै नोबेल टिचिङ्ग हस्पिटलका प्रमुख सुनिल शर्माले आईकनबाटहुने उत्कृष्ट एकजनालाई निःशुलक स्टाफनर्स पढाउने घोषणा गर्नु भएको हो । शर्मा कार्यक्रमको प्रमुख अतिथी रहनु भएको थियो ।
स्टाफनर्स अध्ययनकालागी ६ लाख सम्म खर्च हुन्छन् शर्माले भने थारु आईकनमा उत्कृष्ट एक जनालाई उपलब्ध गराउने छौँ ।

प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाउदै नृत्य,गायन,बिषय बस्तुमा बोल्ने,मुर्ति बनाउने कलाहरु प्रस्तुत गर्दै ट्यालेन्ट राउन्ड पार गरेका थिए । सुनसरी,मोरंग,झापा,उदयपुरबाट प्रतियोगीहरु रहेका छन् । ट्यालेन्ट राउन्डमा डा. मनोज राउत,नृतय निर्दैशक राजनारायण चौधरी,गायक तथा संगीतकार नितिन गजुरेल निर्णायकमा रहेका थिए ।

आफ्नोे नेतृत्व क्षमता अभिबृद्धि गर्दै कला संस्कृतिहरुलाई संरक्षण गर्ने आईकन प्रतियोगीता सञ्चालन गरेर थारु कलाकेन्द्रले थारु युवा युवक्तिहरुलाई स्थान राम्रो दिएको थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता थरुनीले बताईन् । राष्ट्रिय स्तरमा हुने प्रतियोगीताहरुमा थारु युवाहरुलाई अबल बनाउने कार्य थारु कलाकेन्द्रले गरेको छ यो कार्यक्रम थारु समुदायकैलागी उदाहरीणय बनेको थरुनीले बताईन् ।

कार्यक्रममा रामधुनी वडा नं. २ सिवनगरका अनिष चौधरीले फरक प्रतिभा प्रस्तुत गरेका छन् । आफनो कला प्रस्तुत गर्दै चौधरीले मुर्तिको टाउकोको भाग २० मिनेटमा बनाएर देखाएका थिए । उन्ले भने हजुरबुबाले मलाई यो कला सिकाउनु भयो । यसलाई निरन्तरता दिएर थारु आईकनमा उत्कृष्ट हुन सके राष्ट्रिय स्तरमा आफनो कला प्रस्ततु गरिने बताए ।
आईकनको ग्रान्ड फिनाले असोज २७ गते बिराटनगरमा हुने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu