थारु पत्रकार संघ नेपालले चार थारु पत्रकारलाई पुरस्कृत गर्दै

Friday, 12 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
दङ:= थारु पत्रकार संघ नेपालले असोज २७ र २८ गते दाङमा हुने राष्ट्रिय भेला तथा सातौं वार्षिक साधारणसभामा चार जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। पत्रकार तथा साहित्यकार कृष्णराज सर्वहारीलाई ओएसिस राष्ट्रिय पत्रकारिता पुरस्कार, कारी महतोलाई सतौन स्मृति थारु राष्ट्रिय पुरस्कार, प्रतीमा चौधरीलाई सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार र अन्जना चौधरीलाई जोखन-जगत राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो।

ओएसिस मेडिकल कलेजका सञ्चालक डा‍‍. मनोजकुमार चौधरीको अक्ष्यकोषबाट स्थापना गरिएको ओएसिस पत्रकारिता पुरस्कारको राशि १०,१११ रहेको छ। त्यस्तै नाइटिङ्गेल स्कुलका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेको सतौन स्मृति थारु राष्ट्रिय पुरस्कारको राशि ११ हजार १११, सुष्मा चौधरी स्थापना गरेको थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि १२ हजार १५१ र आफ्नो बुबा र अंकलको नाममा इन्दु चौधरीले स्थापना गरेको जोखन-जगत राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि ५ हजार १ रुपैयाँ रहेको छ।

सर्वहारी विगत अढाई दशकदेखि छापा पत्रकारितामा सक्रिय रहेका छन्। उनी हालः अन्नपूर्ण पोस्टमा कार्यरत छन्। त्यस्तै चितवनमा विगत दशक बढीदेखि कारी महतो पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी सङ्हाती म्यागेजिनका सम्पादकसमेत हुन्। त्यस्तै रेडियोबाट करियर सुरु गरेका प्रतीमा चौधरी एक दशकदेखि टेलिभिजन पत्रकारितामा सक्रिय छन्। हालः उनी जनता टेलिभिजनमा कार्यरत छन्। त्यस्तै अन्जना चौधरी दाङको तुल्सिपुरमा रहेर रेडियो तथा टेलिभिजन पत्रकारिता सक्रिय रहेका छन्।

त्यस्तै राष्ट्रिय भेलाको तयारी पूरा भएको कार्यक्रम संयोजक सन्तोष दहितले जानकारी दिए। कार्यक्रमक उद्‍घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन्।काठमाडौंसहित १८ जिल्लाबाट एक सय प्रतिनिधि सहभागी हुने बताइएको छ। भेलामा विद्यान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu