थारु युवा अभियन्ता महेश चौधरीले आफ्नो जन्म दिनको अवसरमा असहाय बालबालिकालाई गरे आर्थिक सहयोग

Wednesday, 24 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
तुलसीपुर:=आफ्नो २३ औं जन्मदिनको अवसरमा दाङका थारु युवा अभियन्ता महेश चौधरीले असहाय बालबालिकालहरुको शैक्षिक सुधारका लागि नगद पाँचहजार पाँच रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
चौधरीले मंगलबार तुलसीपुरको विजौरीमा रहेको श्री असहाय बाल विकास नेपाल दाङको केन्द्रिय कार्यालयमा असहाय बालबालिकालाई भेटेर सो नगद सहयोग र फलफूल वितरण गर्नुभयो ।
जन्म दिनमा पार्टी दिएर पैसा खर्च गर्नुभन्दा बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन आफूले सहयोग गरेको चौधरीले बताउनुभयो । सहयोगका क्रममा बालबालिकाले चौधरीलाई जन्मदिनको शुभकामना तथा दीर्घ जीवनको कामना गरेका थिए ।
बाल विकास नेपालमा अहिले १४ जना बालबालिका रहेका छन् । चौधरी पछिल्लो समय समाजसेवामा सक्रिय रहनुभएको छ । थारु कल्याणकारिणी सभा, क्षेत्र नं. ३ दाङका क्षेत्रिय सभापति रहनुभएका चौधरीले असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu