हमार सनेश सहकर्मी ,,
राम अवतार चाैधरी,,
कपिलवस्तु:= थारु परम्परागत नृत्य तथा बृहत् साँस्कृतिक कार्यक्रम गए राती सम्पन्न भएकाे छ । बुद्धभुमि न.पा.९, बुद्धभुमि क्याम्पस, चाैवन्नवुरमा सम्पन्न भएकाे हाे ।
"हम्मन संस्कृति हम्मनके शान, संस्कृति प्रति सचेतना जगैना युवा अभियान" भन्ने मुल नारा सहित साँस्कृतिक कार्यक्रम थारु उत्थान सामाजिक संस्थाकाे प्रमुख अायाेजनामा गरिएको हाे । थारु परम्परागत नृत्य तथा बृहत् साँस्कृतिक कार्यक्रममा विभिन्न जिल्लाबाट पाल्नु भएका स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरूले बेजोड प्रस्तुति समेत प्रस्तुत गरि दर्शकहरूलाई मनाेरञ्जन दिलाएका थिए ।
यसैबीच कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रहनु भएका बुद्धभुमि नगर उप-प्रमुख मीरा थारुले थारुहरूले अाफ्नाे माैलिक पहिचान जाेगाउन थारु परम्परागत नृत्य लगायत ढकिया, लेहंगा संरक्षण र प्रबर्द्धन गर्न युवाहरूको निकै महत्त्वपूर्ण भुमिका रहेकाे र साेही भूमिका निर्वाह गर्दै थारु उत्थान सामाजिक संस्था सक्रिय रहेकाे प्रशंसा गर्नुभयो । उहाँल थारु संस्कृति विश्वकै कुसल र धनी रहेकाे नेपाल अनि नेपालीको शिर नै माथि राख्न सफल भएकाले गैर थारु समुदायले पनि थारु संस्कृति लाेप हुन बाट जाेगाउन सक्दाे सहयाेग र पहल गर्नुपर्नेमा जाेड्िदनुभयाे ।
उक्त कार्यक्रम समाजसेवी जलेश्वर प्रसाद थारुकाे संयाेजन, बुद्धभुमि नगर उप-प्रमुख मीरा थारुकाे प्रमुख अतिथ्यिता, बुद्धभुमि न.पा. वडा ४,८,९ का वडा अध्यक्ष क्रमशः पवन थारु, कपिल देव तिवारी लगायत खुमानन्द न्याैपाने र थारु कल्याणकारी सभा केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुकाे विशिष्ट अातिथ्यिता, थाकसका कपिलवस्तु अध्यक्ष उमाशंकर चाैधरी र भूतपूर्व थाकस केन्द्रीय सदस्य जवहार लाल थारु लगायतको अातिथ्यिता र रन्जित थारुकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थारु उत्थान सामाजिक संस्थाका अध्यक्ष श्रीनिवास चाैधरी जानकारी दिनुभयाे।
