जाडाेकाे लागि न्यानो अभियान गाउँ-गाउँमा पुग्दै

Friday, 2 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेस सहकर्मी,
राम अवतार चाैधरी,,
चन्द्राैटा/कपिलवस्तु:=जाडाेकाे लागि न्यानो अभियान कपिलवस्तुको विभिन्न गाउँ-गाउँमा पुगेकाे छ । लक्षित जाति, वर्ग र समुदायको मानिसहरूलाई कपडा वितरण गर्दै अाएकाे छ ।
न्यानाे अभियान हाल सम्म जिल्लाको लगभग १० वटा गाउँमा पुग्न भने सफल भएकाे छ ।  समृद्ध नेपाल काठमाडौं नामक संस्थाको बिशेष सहयाेग र जीत बहादुर बिसीकाे संयाेजकत्त्वमा जाडाेकाे माैसममा अकालमा कसैकाे ज्यान नजाअाेस् भन्ने उद्देश्यलाई मध्यनजर गर्दै मर्जादपुर, संड्वा, गुलरी, छाेट्की थुनिहिया, बड्की थुनिहिया, शिवगढी, बनकट्टी, जवाभारी, सुकुम्बासी टाेल मदवा लगायत भितरियाका अति विपन्न गरिब, निमुखा, असहायरूका लागि नि:शुल्क कपडा वितरण कार्यक्रमले लगभग १ हजार घरपरिवारलाई राहत पुगेकाे र यसकाे कार्य अजै केही दिन निरन्तर अगाडि बढिरहेकाे बिसीले बताउनु भएकाे हाे ।

उहाँले भन्नू भयाे विभिन्न गाउँमा पुगेर कपडा वितरण गर्ने सिलसिला जारी नै छ, त्यसरी शिवराज न.पा.३, भितरिया गाउँमा समेत हामी कपडा वितरण गरिसकेका छाैँ साेही अभियानबारे स्थानीयले अाफ्नाे विचार राखेका छन् । भितरिया प्रा.विमा जाडाेकाे लागि न्यानो अभियान कार्यक्रममा करिब १ सय ३५ घरपरिवारका थारु, मगर, क्षेत्री तथा बाहुन रहेका छन् । उक्त न्यानाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रहनुभएका स्वास्थ्य फाँटका शिवराज नगर प्रमुख विष्णु बहादुर क्षेत्रीले यस अभियानले लक्षित वर्ग र समुदायको मानिसलाई निकै राहत पुगेकाे बताउँदै बृद्ध-बृद्ध, ब्यस्क लगायत बालबालिकाहरूलाई चिसाेले जाेगिनुमा विश्वासता पार्नुभयाे । साथै भितरिया गाउँकै समाजसेवी तथा उक्त कार्यक्रमका अतिथि रहेका हर्जु थारु भन्छन् : यस अभियानले सफलता पाअाेस् समृद्ध नेपाल काठमाडौंकाे सहयाेगले कसैकाे ज्यान बचाउन मद्दत पुग्नुका साथै धेरै वर्ग र समुदायमा हामी देखेका छाैँ गरिबीका कारण जसकाे हातमुख जाेड्न नसकेर टहरामा रातदिन गुजारा चलाएर बाँचिरहेका विपन्न, निमुखाहरू चिसाेले ज्यान गुमाउन बाध्य भैरहँदा जुन जाडाेकाे लागि न्यानो अभियान मार्फत लत्ताकपडा वितरण गरेकाे छ, त्यसमा म निकै खुसी छु ।
                   
उक्त कार्यक्रम शिवराज नगर स्वास्थ्य फाँटका प्रमुख विष्णु बहादुर क्षेत्रीकाे प्रमुख अतिथ्यिता, समाजसेवी बसन्त श्रीस र हर्जु थारुकाे अतिथ्यिता र राम अवतार चाैधरीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu