पूर्व सहायक मन्त्री तथा थाकसका संस्थापक चौधरीको निधन

Tuesday, 23 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कारी महतो,,
चितवन:= पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री भएका थिए ।

थारु कल्याणकारिणी सभा चितवनको संस्थापक सदस्य रहेका चौधरी २०२३ देखि २०२७ सालसम्म सभाको जिल्ला सभापतिमा भइ काम गरेका थिए । विगत दश वर्षदेखि हालसम्म उनी राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्षका रुपमा समेत कार्यरत थिए ।
मृतक चौधरीको देवघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ। दाहसंस्कार अगाडि थारु कल्याणकारिणी सभा र राजपाका झन्डा ओढाइएको थियो ।

यसैबीच प्रदेश सांसद रीना गुरुङ र खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राजेन्द्र चौधरी, पूर्व केन्द्रीय सदस्य लक्ष्मण चौधरीलगायतले देवघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu