”सिरफुल शीरैमा” नामक गीति एल्बमको लोकार्पण कार्यक्रम सम्पन्न/भिडियो सहित हेर्नुस्

Monday, 8 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= गीतकार प्रेम राईको एकल शब्दरचना र संगीतकार विनोद खम्बुको एकल संगीतमा तयार पारिएको गीति एल्बम “सिरफुल शीरैमा ‘लोकार्पण गरिएको छ ।

राजधानीको पशुपति रोड इस्तित रोक हाउस क्याफे रातोपुलमा चर्चित गायक राजेश पायल राईको प्रमुख आतिथ्यता एवं सञ्चार कर्मी कृष्ण आचार्य ,रेडियो तथा सञ्चार कर्मी , तुलशी बस्नेत लगायतको उपस्थितिमा उक्त गीति एल्बम”सिरफुल शीरैमा” सार्वजनिक भएको हो ।
लोकार्पण समारोहमा अमेरिकामा बस्दै आएका गीतकार प्रेम राईले नेपाली गीत संगीतप्रतीको माया र मेहनतले गीती एल्वम ‘शिरफुल शिरैमा’ निकाल्न सफल भएको बताए । शिरफुल शिरैमा एल्वमभित्र आठ गीतहरु समावेश रहेको छ ।

गीति एल्बम सिरफूल शीरैमा”को लोकार्पण मा चर्चित गायक राजेश पायल राई, गायक विनोद खम्बु, प्रेम राई, पदम राई, र गायिका मनिता राई लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।प्रेम राईको पहिलो गीति एल्वम ‘शिरफुल शिरैमा’को लोकार्पण समोरहमा ‘देशी भैलो’ गीतको भिडियो पनि सार्वजनिक गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै राजेशपायल राईले ‘शिरफुल शिरैमा’ एल्वमले नेपाली गीत-संगीतमा नयाँ आयाम थपिएको भन्दै प्रेम राईलाई बधाई तथा शुभकामना दिए । उनले नेपाली गीत—संगीत क्षेत्रमा स्वागत रहेको बताउँदै प्रेम राईबाट केहि नयाँ उत्साह थपिने विश्वास ब्यक्त गरे ।

दैशी भैलो’ बोल रहेको गीतको भिडियोमा स्वंयम राजेशपायल राईको अभिनय रहेको छ, भने उमेश राई (फुलन्देकी आमा), गायक विनोद खम्बु, अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङलगायतले अभिनय गरेका छन् ।राकेश किरातीले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका छन् । प्रेम राईको शब्द रहेको गीतमा गायक तथा संगीतकार विनोद खम्बुल संगीत भरेका छन् ।चन्दु थापाले एरेन्ज गरेको गीतको भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो ::=

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu