धिरेन्द्र चौधरी ,,
दुहबी =आफ्ना पहिचानको माग गर्दै आदिवासी थारुले गोठाले महोत्सव - २०७५ दुहबी नपा ५ मा सोमबार मनाएका छन् ।
दशैको ६ दिन पछि यो पर्व प्रत्येक बर्ष मनाइन्छ । मोरङ / सुनसरीमा मोरङगिया थारू लगायत सप्तरीया, रजघरिया, कोचिला , हेलझेलिया, रौतार, खडेर, राजधामी थारूले मनाउने चलन रहेको छ ।
यस अबसरमा कुल देउता लाइ पुजा गर्नुका साथै माछा र बगियाको परिकार खाने चलन रहेको छ । कार्यक्रममा पुर्व उपप्रधानमन्त्री बिजय कुमार गछदार, प्रतिनिधि सभा सदस्य अ्मनलाल मोदि, प्रदेश सभा सदस्य चुमनारायन तबदार, थारु कल्याणकारीनि सभाका पुर्व केन्द्रिय सभापति चन्द्र नारायण चौधरी , थाकसका केन्द्रिय सदस्य कन्नु लाल चौधरी , थाकस सुनसरी सभापति सुरेन्द्र चौधरी लगायतको सहभागीता रहेकोे थियोे ।














