तामाङ समाज मलेसिया द्वारा पाठेघरको बिरामिलाई आर्थिक सहयोग

Saturday, 28 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मलेसिया:= बिगत चार महिना देखि रोजगारिको शिलशिलामा मलेसियाको जोहोरबारु बातुपहाट स्थित (Knil Textiles Mfg Sdn Bhd ) मा कार्यरत चौतारा बतासे ८ भोगाउ सिन्धुपाल्चोक निवासी माया(मिन्साङ) बोम्जन बिरामी भै नेपाल फर्केको केही दिन मै तामाङ समाज मलेसिया द्वारा उपचारको निमित्त मलेसियन रिंगिट १००९ ( रु.. २७,२५० ) आर्थिक सहयोग गरिएको छ। करिब डेढ महिना देखि पाठेघरको समस्याले थला परेकी बोम्जनको अवस्था नाजुक बन्दै गएको थियो। कम्पनिले सामान्य उपचार मात्रै गराएको र ढिला गरे अपरेसन गर्नु पर्ने देखिएको र साथै नेपाल फर्कन कम्पनी समक्ष मोटो रकम बुझाउनु पर्ने भएकोले आर्थिक समस्यामा परेकी बोम्जनले आफ्नो ज्यान बचाई दिन मलेसियाका विभिन्न संघ सस्था र समाजसेवी सामु गुहार मागेकी थिइन। मलेसियामा रहेका केही संघ सस्था र समाजसेविहरुको सहयोगमा नेपाल पुगेकी बोम्जन लाई २००५ देखि मलेसियामा सेवा नै धर्म हो भन्ने मुला नाराका साथ समाजसेवामा छुट्टै पहिचान बनाउन सफल तामाङ समाज मलेसियाले उपचारार्थ रकम सङ्कलन गरिएको थियो।
सम्पुर्ण सहयोगी मनहरु प्रती हार्दिक नमन साथै बिरामिको उपचार सफलताको शुभकामना सहित, परदेशमा रहेर पनि पीडित लाई केही सहयोग गर्न पाउँदा तामाङ समाज मलेसिया खुसी रहेको सस्थाका अध्यक्ष टासी पाल्मो वाईबा ले बताउनु भयो साथै नेपालमा प्रत्यक्ष बिरामी भेटी, समाजका भुपु पदाधिकारी चक्र तामाङ र वाङ्जु वाईबाको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu