हमार सनेश सहकर्मी ,,
मलेसिया := मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ । मलेशियाको जोहोरबारु स्थित बातु पहाडमा अवस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका भरतकुमार यादव (छोटु)को मृत्यु भएको उनका साथी जयनाथ साहले जानकारी दिनु भयो।
उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी लडेर बेहोस भएका यादव फेरि होसमा आएनन सदाको लागी बिदा भए।
