सुनिल चौधरी
झुम्का:= समा चकेवा प्रवद्र्धन गर्दै थारु कल्याणकारिणी सभा(थाकस) सिंगीया समितिले बिहिवार सामुहिक रुपमा मनाए । गाउँ,टोल,समुहमा खेल्दै आएको समा चखेवा प्रदर्शन र साँस्कृतिक कार्यक्रम गर्दै रामधुनी वडा नं. २ कुम्याही गाउँ स्थित संकर आधारभुत बिध्यालयको प्राङ्गनमा भब्य रुपले मनाएको हो ।
गाउँ कार्य समितिका अध्यक्ष सतनि देवि चौधरीको सभापतित्वमा भएको समा चकेवा कार्यक्रममा रामधुनी,ईनरुवा,प्रकासपुर,बराहनगरपालिकाबाट आएका झाँकी सहित समाचकेवालाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा सहभागी मध्ये रामधुनी वडा नं. १ थारु पौराणिक साँस्कृतिक जर्गेना समुह डुमैरिया प्रथम भए । समा सामिनको सम्पुर्ण पात्र तथा मुख्यपात्र रहेको वा नरहेको त्यसतै झाँकी,पात्र अनुसारको भेषभुषाका साथै प्रदर्शनमा ल्याएका सामाग्रीहरुको मुल्याङ्कन गर्दै डुमैरियाका समुह प्रथम भएको निर्णायक मण्डलले घोषणा गरेका हुन् । नगद राशि रु २५०० र प्रमान पत्र सहित प्रथमलाई सम्मान गरेको आयोजकले बताए ।
त्यसैगरी दोस्रोमा रामधुनी ३ सिंगीया हरिपुर,तेस्रो ईनरुवा ३ कंशमडान र सान्तवना रामधुनी वडा नं. ४ हुदै सामुहिक रुपमा समा चकेवा कार्यक्रम सम्पन्न गरेको हो । दोस्रो हुने समुहलाई प्रमाण पत्र सहित नगद राशि रु२००,तेस्रोलाई रु १५०० र सान्तवनालाई रु १००० ले सम्मान गरेको हो ।
थारु संस्कार धनि रहेकोले एकता,समन्बय र सहकार्य गर्दै संरक्षणमा लाग्नु पर्ने कार्यक्रममा बक्ताहरुले बताए । कार्यक्रममा प्रमुख अतिथी थाकस जिल्ला सुनसरी अध्यक्ष शुरेन्द्र चौधरी,प्रदेश सांसद नवोदिता चौधरी,रामधुनी उपमेयर सबिना चौधरी,९ नम्बर वडाअध्यक्ष घनश्याम चौधरी,थाकस पुर्व केन्द्रिय सदस्य सत्यनारायण धामी,समाज सेवि रामबहादुर खड्का,आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरी,समाजसेवि अर्जुन चौधरी,आदिवासि जनजाति महा संघ रामधुनी अध्यक्ष राजकुमार चौधरीले आफनो मन्तबय राख्दै थारु अबका दिन राजनितिक क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने सुझाव सहित धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा थारु पौरानिक धुम्रानाच,समा सामिन गित, जनचेतना मुलक नाटक तथा नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रम रेनु चौधरी र सुनिल चौधरीले उद्धघोषण गर्दै उपस्थित दर्शकहरुमा रौनकता ल्याएका थिए ।





