कपिलवस्तुको चन्द्राैटामा राष्ट्रिय जनमाेर्चाकाे विरोध सभा ॥

Friday, 21 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):= कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा राष्ट्रिय जनमाेर्चाले विरोध सभा कार्यक्रम सम्पन्न गरेकाे छ ।

     "धर्म निरपेक्षेताकाे रक्षा गराैँ, इसाई कारणमा सरकारकाे संग्लनाताकाे विरोध गराैँ" भन्ने नाराले विरोध सभा अायाेजना गरेकाे हाे ।

     राष्ट्रिय जनमाेर्चा पार्टीको कपिलवस्तु जिल्ला प्रवक्ता छविलाल गैरेले विरोध सभा कार्यक्रमलाई सम्बाेधन गर्दै सरकारमा बसेका दल लगायत अाफूलाई ठूला भनाउँदा नेताहरूले देशमा हत्या, हिंसा र बलत्कारका घट्नाहरू दिनप्रतिदिन बढिरहँदा पनि चुप लागेर बसिरहेकाे अाराेप लगाउनु भयाे । कम्युनिष्ट पार्टीले कम्युनिष्टको नाममा इसाई धर्मको प्रचारमा लागि परेकाे र विदेशी डलरकाे खेती गरिरहेकाे उहाँले भन्नुभयो ।

     यसै कार्यक्रमका बीच अर्का वक्ता राष्ट्रिय जनमाेर्चा पार्टीका जिल्ला सदस्य हेमलाल वाग्ले साेही कार्यक्रममा बाेल्दै इसाई धर्मका प्रचार गर्ने संस्था विदेशी मित्र राष्ट्र शक्ति रहेकाे बताउँदै परा मूलकका प्रमुखलाई नेपालमा बाेलाएर इसाई धर्मको प्रचारप्रसार गर्दै सम्मान गर्नुपर्ने विडम्बना रहेकाे बताएका छन् । नेपाली जनताले नसाेंचेकाे नचाहेको दु:ख भाेगिरहनु बाध्यता भएकाे र कडापि स्वीकार्य नरहने जिकिर समेत वाग्लेले गरेकाे अखिल नेपाल ट्रेड यूनियन महासंघकाे अंतुक केन्द्रीय सदस्य केरसिङ अदैले जानकारी दिनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu