नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको बार्षिक उत्सव तथा सम्मान कार्यक्रम

Friday, 21 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाले आफ्नो प्रथम बार्षिक उत्सव र सम्मानपत्र बितरण कार्यक्रम सभ्यभब्य आयोजना गर्ने भएको छ।

यहीँ डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको शहर केलाङमा सो बार्षिक उत्सव तथा सम्मानपत्र बितरण कार्यक्रम आयोजना गर्न लागेको कलाकार संघको अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङले बताउनु भयो।
             

अध्यक्ष तामाङले जानकारी गराए अनुसार सम्मानपत्र चाहिँ लगातार एक बर्ष यस् कलाकार संघलाई अगाडि बढाउन सहयोग गर्नु हुने र रोजगारीको सिलसिलामा प्रवास मलेसियामा बसोबास गरि आफ्नो रोजगार बाहेकको जस्तैः कलाकारिता,पत्रकारिता,खेल ,समाजिक काममा साथ सहयोग दिइ प्रवासबाट पनि आफ्नो देश र नेपालीहरुको निम्ति केही योगदान पुर्याउनु हुने बिशिस्ट ब्यक्तीत्वहरुलाई भब्य स्वागत सहित खादा ओढाइ सम्मानपत्र हस्तान्तरण गरि सम्मानित गर्ने र संघले एक बर्ष भित्र गरेको प्रगति बिवरण पेश गर्ने कार्यक्रम समेत रहेको भन्नू भयो । 

मलेसियामा दुई दर्जन भन्दा बढी नेपाली कलाकारहरु रहेता पनि नेपाली कलाकारहरुको कुनै संगठनहरु भने थिएन ,एक बर्ष पहिला " जहाँ कला र संस्ककृति हुन्छ त्यहाँ खुशी मिल्छ " भन्ने मुल नाराको साथ फुर्वा दोर्जेको नेतृत्वमा नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ नामक संस्था स्थापना गरिएको हो ।
एक बर्ष भित्र यस् संस्थाले कलाकारिताको क्षेत्रबाट नेपाली पहिचान,संस्कृति जोगाउने काम मात्र नभैइ मृगौला पीडित,दृष्टिबिहिन लगायतको विभिन्न समस्यामा परेका नेपाली युवा,युवती बच्चाहरुलाई सकेको आर्थिक सहयोग समेत गर्दै आइरहेको छ।
कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यको साथसाथै भरपुर मनोरञ्जनको ब्यवस्था रहेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu