कपिलवस्तुको शिवराज नगरपालिकामा नवाैँ माघी(खिचडी) महाेत्सव हुने

Monday, 24 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):= थारु समुदायको माघी(खिचडी)नजिकिँदै गर्दा थारु कल्याणकारी सभाले कपिलवस्तुमा हुना लागेकाे महाेत्सवकाे तयारीका लागि १ सय १३ मूल कार्य समिति गठन गरेकाे छ । 

     शनिबार जिल्लाको बुद्धभुमि न.पा.२, गाेरूसिंगे स्थित थाकसकाे प्राङ्गणमा बसेकाे बैठकले शिवराज नगरपालिकामा नवाैँ माघी महाेत्सव २०७५ माघ २,३ र ४ गते शिवराज नगरपालिकामा लगाउने निर्णय गरेकाे हाे । थारु कल्याणकारी सभाकाे कपिलवस्तु जिल्ला संयाेजक उमा शंकर थारुकाे संयाेजकत्वमा बसेकाे बैठकले महाेत्सवलाई भव्य र सभ्य सफल बनाउन मूल समिति गठन गरेकाे छ । जसकाे समितिका सह-संयाेजकमा बाणगंगा नगरपालिका-५ का महादेव थारु, सह-संयाेजकमै महिला सभापति मञ्जु थारु र अर्का सह-संयाेजकमै शिवराज नगरपालिकाबाट सुमन थारु रहेका छन् । 

     यसैगरी सदस्यहरूमा कपिलवस्तु जिल्ला कार्य समितिका पदाधिकारी(१० जना), जिल्ला सल्लाहकार सदस्यहरू, इकाई सभाका सभापतिहरू(१९ जना), उप-समितिका संयाेजक तथा सदस्यहरू(७७ जना) रहेका छन् । त्यसैगरी कपिलवस्तु जिल्लाका महिला सभाका पदाधिकारी तथा सदस्यहरू र जिल्ला युवा सभाका पदाधिकारी तथा सदस्यहरू रहेकाे अायाेजक कमिटीले बताएकाे छ । 

     यसैबीच थारु समुदायको महान चाँड अर्थात् नयाँ बर्ष माघी(खिचडी) काे अवसरमा कपिलवस्तु जिल्ला अन्तर्गत समग्र थारु समुदायको संस्कृति, भेषभुषा, रहनसहन रितिरिवाज वा परम्परालाई सम्प्रेषण, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले नवाैँ माघी(खिचडी) महाेत्सव अायाेजना गर्न लागेकाे थारु कल्याणकारी सभाकाे केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बताए । 

     उक्त माघी महाेत्सव सम्बन्धि छलफल, निर्णय तथा अावश्यक जिम्मेवारी प्रदान गर्न स्थानीय कमिटी लगायत विभिन्न कार्य समिति गठन गर्न शिवराज नगरपालिका-५, चन्द्राैटामा यहि पाैष १० गते बस्ने निर्णय गरेकाे थाकसकाे जिल्ला सभापति उमा शंकर थारुले जानकारी गराएका हुन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu