आर एन चौधरी थारु,,
मलेसिया := नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको प्रथम बार्षिक उत्सव तथा सम्मानपत्र बितरण कार्यक्रम आइतबार भब्य सम्पन्न भएको छ।
नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघको सचिव अमिर लोप्चन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा म्हार म्हेन्दो कलाकारहरुको मनमोहक नृत्यले कार्यक्रम स्थल र उपस्थित दर्शकहरु झनै मनोरञ्जनात्मक बनेको थियो।
संघका अध्यक्ष तथा यस् कार्यक्रमको सभापति फुर्वा दोर्जे मोक्तान तामाङले संघले एक बर्ष भित्रमा गरेको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने सम्पुर्ण कलाकार मित्रहरूमा शुभकामना मन्तव्य समेत ब्यक्त गर्नु भएको थियो ।संघलाई बर्ष भरी साथ सहयोग दिने सम्पुर्ण नेपाली तामाङ कलाकारहरुलाई अध्यक्ष फुर्वा र सल्लाहकार जगत दोङ्ग तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मानपत्र हस्तान्तरण गरि सम्मानित गरेको हुन।
त्यसैगरी कार्यक्रममा कलाकारको अलावा नेपाली खेलाडी र पत्रकार पनि सम्मानित भएको छ।सम्मानित हुनेहरुमा मलेसियामा बिगत लामो समय देखी कराते खेलमा आबद्ध रहि मलेसिया लगायतको अन्तर्राष्ट्रिय देशहरुमा भएको खेलहरुमा पटक पटक जित हासिल गर्दै नेपाल र नेपालीको शिर उच्च पार्ने कार्य गरेकोमा खेलाडीद्धय योगेन्द्र कोईराला र सोनाम नोर्बु तामाङलाई सम्मानपत्र सहित सम्मानित गरेको हो ।

त्यस्तै प्रवास जस्तो ठाउँमा बसेर पनि आफ्नो रोजगारीको अलावा मलेसियामा कार्यरत नेपाली क्ष्रमिकहरुको हकहितमा अडिग रहेर विभिन्न समस्याहरु संग जुध्दै लामो समय देखी कलमको माध्यमबाट पत्रकारिता क्षेत्रमा आबद्ध रहि क्ष्रमिकहरुको उद्धारको निम्ति पुर्याउनु भएको योगदानको कदर गर्दै पत्रकार घनश्याम चौधरी (आर एन चौधरी थारु) लाई पनि दोसल्लाखादा ओढाइ सम्मानपत्र सहित सम्मानित गरेको छ।
कलाकारिता संगसङ्गै मलेसिया लगायत नेपालमा समस्यामा परेका पीडित नेपालीहरुलाइ आर्थिक भौतिक सहयोग गर्दै आइरहेका संघको अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि संजय लामा तामाङ ,बिशिस्ट अतिथी सितेरियो कराते संघ मलेसियाको अध्यक्ष योगेन्द्र कोईराला ,नेपाल् आदिवासी जनजाती महासंघ शाखा मलेसियाको सदस्य मिङमार सेतार तामाङ रहनु भएको थियो भने अतिथीहरुमा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष दिपक सुनाखरी मगर , तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ , तामाङ समाज मलेसियाको अध्यक्ष टासी पाल्मो वाइबा तामाङ,तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ, लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, पत्रकार,कलाकार र दर्शकहरुको भब्य उपस्थिति रहेको थियो ।