मलेसियामा कम्पनीको लापरबाहीले दुई जना नेपाली कामदारको मृत्यु/आधा दर्जन घाइते (Rip)

Friday, 28 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश ड्टकम,,
मलेसिया:= रोजगारीको क्रममा मलेसियामा दुई जना नेपालीको दु:खद निधन भएको छ।
विहिबार बिहान करिब ९:०० बजे तिर कम्पनीमा कार्यरत रहेकै अवस्थामा नेपालको रौतहट जिल्ला निवासी अन्दाजी बर्ष २८ का सँतोष यादव र पाल्पा जिल्ला निवासी चुरा दर्लामी मगरको कम्पनीको  ट्रन्क सफाई गर्ने क्रममा रसायनिक (केमिकल) को गन्ध लागेर मृत्यू भएको र अन्य बाकी आधा दर्जन बढी कामदारहरु पनि सो केमिकलबाट प्रभावित भैइ घाइते अवस्थामा अस्पतालमा उपचारार्थ रहेको सोही कम्पनीमा कार्यरत नेपाली कामदारले जानकारी दिए।

मलेसिया स्थित (Sin Kwang Plastic SDN BHD) कम्पनीमा कार्यरत कामदारहरुलाई विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर ट्रन्क सफाई गरिदिन साईटका फोरम्यानले आदेश गरेका थिए । आदेश पाएलगत्तै उनीहरुले काम गर्न अग्रसर भएका थिए भने ट्रन्क सफाई गर्नमा लागेका थिए । ट्रन्क धेरै दिनदेखि त्यतिकै राखिएको थियो र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । प्लास्टिकमा राखेर ट्रन्क भित्रका फोहरहरु बाहिर फाल्ने क्रममा केमिकलबाट निस्कने ग्यासँले दुई जना बेहोस भएका थियो । एक सँतोष यादव र अर्को चुरा दर्लामी मगर नामक युवा सिढीको भरयाङ्गबाट ट्रन्कमै खसेका थिए ।

ट्रन्कमै खसेका दुवै जनालाई निकालेर ज्यान बचाउनको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले लिडरलाई आग्रह गरी ट्रन्कलाई काट्नको लागि आदेश मागेका थिए । तर कम्पनीका प्रमुखले प्रहरीले आदेश नदिएसम्म ट्रन्क नकाटिने आदेश दिएका थिए तबसम्म यता सँतोषले ज्यान गुमाइसकेका थिए ।
केही बेरपछि ट्रन्कलाई काटेर घाइते मगरलाई नजिकैको अस्पतालमा आईसियूमा भर्ना गरिएको छ । ट्रन्क सफाईको लागि चाहिने सेफ्टी तालित सहित कामको तालिम समेत नगराईएको त्यस् काम बारे केही ज्ञाननै नभएको ती कामदारहरुलाई ट्रङ्क सफाईको लागि बलपूर्वक अह्राएका थिए ।

ट्रन्कमा खसेको बेलामै ट्रन्कलाई काट्न सकेको भए सँतोषको बाँच्ने सम्भावना थियो । तर प्रमुखले आदेश नदिएपछि कम्पनीले नै जानिजानी सँतोषको हत्या गरिएको कामदारहरुले आरोप लगाउँदै हिजै देखि आज पनि कम्पनीमा हडताल गर्दै काम ठप्प पारेका छ्न।

यस् बिषय बारे मलेसिया स्थित नेपाली राजदुतावासमा बुझ्न खोज्दा यस् बिषयमा आफुहरु लाई थोरै जानकारी आएको बताउनु भयो , दूतावासले आफ्ना कर्मचारी लगायतकोलाई घटना बारे सम्बन्धित ठाउँमा पुगेर बुझ्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको र मृतकलाई क्षेतिपुर्ती देखी लिएर अन्य काममा दूतावासको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता कार्यवाहक राजदुत कुमारराज खरेलले जनाउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu