'सइं तमी' गीतका साथमा रेखा शाह युट्युबमा (भिडियो सहित)

Tuesday, 18 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
गायिका रेखा शाह नयाँ गीत लिएर श्रोता/दर्शकमाझ आएकी छिन् | अहिलेका चर्चित संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको 'सइं तमी कर्नाली पारि छौ, म त वारि चुँड्या छ तुइन' गीतमा सुदूर पश्चिमको जनजीवनको झल्को छ ! सुदूर पश्चिमको जनजीवनको लवज, संस्कृति र जीवन भोगाइको दुखलाई गीतको शब्द र संगीतमा उतारिएको छ | लोक कलेवरको संगीत रहेको गीतका शब्द पनि नेपाली जनजीवन र माटोका छन् |

गीतलाई लिएर गायिका शाह निकै उत्साहित छिन् ! भन्छिन्, "सइं तमी गीतबाट म निकै आशावादी छु | सांगीतिक जीवनको २५ वर्षमा फेरि अर्को कालजयी गीत गाउने मौका पाएँ | सिमसिमे पानीमा गीतजस्तै चर्चित र सबैको प्रिय हुन्छ भन्नेमा म निकै आशावादी छु |"

गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ | गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा बनेको छ | 'सुन साइँली' गीतको म्युजिक भिडियोबाट चर्चित बनेका गौरव पहारी र मेनुका प्रधानले गीतमा अभिनय गरेका छन् |  
सिमसिमे पानीमा, नजिक छौ तिमी, तिमीलाई केही हुँदै नहोस्, पोखूँ भनेलगायत चर्चित गीत र आधा दर्जन जति गीत एल्वम प्रकाशन गरेकी गायिका शाहले यो गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् |

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :-

       
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu