आदिवासीको बिदा कटौती गरेकोमा सरकार विरुद्ध प्रदर्शन/बिदेशबाट समेत ज्ञापनपत्र बुझाइयो

Tuesday, 18 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं := आदिवासी जनजातिहरूकाे चाडपर्वमा  सार्वजनिक विदा दिन माग गर्दै ,बिदा कटौतीको घोर भत्सर्ना गर्दै नेपाल् आदिवासी जनजाती महासंघ लगायत विभिन्न जातीय संघसंस्थाको सहकार्यमा बुधबार देखी काठमाडौंको विभिन्न स्थानमा नेपाल् सरकारको विरुद्ध तिब्र बिरोध प्रदर्शन गरिने भएको छ ।

महासंघका अध्यक्ष जगत बरामको भनाइ अनुसार तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, उधौली–उभौली, माघी, माघे सङ्क्रान्ती लगायत आदिवासीहरुले मनाउदै आएको चाडपर्वमा संघीय सरकारले नै सार्वजनिक विदा दिनुपर्ने बताउनु भयो।

नेपालमा गणतन्त्र घोषणा भएपछि आदिवासी जनजातिहरुको चाड पर्वमा पनि सार्वजनिक विदा दिइदैआएको थियो,तर नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि उनले आदिवासीहरुको चाडमा दिइने सार्वजनिक विदाहरु कटौती गरेका हुन् ।
महासंघले नेपालका ३१ प्रतिशत आर्य समुदायका लागि अहिले पनि १२ दिन सार्वजनिक विदा दिइएको तर ३७ प्रतिशत आदिवासी जनजातिहरुका लागि ५ दिन मात्रै विदा दिएर विभेद गरेको बताएको छ ।
महासंघले सार्वजनिक विदा पुनःस्थापना गर्न माग गर्दै आन्दोलन पनि घोषणा गरेको छ । उक्त आन्दोलनको कार्यक्रम अनुरुप नै पुस ४ गते माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।





महासंघले घोषणा गरेको कार्यक्रम अनुसार देश तथा बिदेशमा रहेको आदिवासी शाखाका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत देश भन्दा बाहिर जस्तै:मलेसिया ,जापान,युएई,इजरायल,बहराइन लगायतको मुलुकहरुमा त्यहाँका राजदुतावास मार्फत प्रधानमन्त्री ओलिलाई ज्ञापनपत्र बुझाइएको हो।

नेपाल् आदिवासी जनजाती महासंघले भोलि बुधबारको बिरोध प्रदर्शनमा भाग लिन सम्पुर्ण न्यायप्रेमी जनतासँग हार्दिक अपिल समेत गरेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu