राजेन्द्र महतोको टिप्पणी : सरकार टोलटोलमा होइन, पोलपोलमा पुग्यो

Wednesday, 26 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले टोलटोलमा पुग्नुपर्ने सरकार पोलपोलमा पुगेको टिप्पणी गरेका छन्।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महतोले सरकारको चर्को आलोचना गरेका छन् भनेर अनलाइन खबरले समाचार छापेको छ।यसअघि तीन नेताले बोल्दा समय नतोकेका सभामुखले उनको पालामा १० मिनेट समय तोकेपछि राजपा नेता महतो विभेद भएको भन्दै सम्बोधन सुरु गरे । जनताबाट निर्वाचित रेशम चौधरीलाई अहिलेसम्म संसदमा उपस्थित नगराउनु पनि विभेद भएको उनले बताए ।

जनयुद्धमा हजारौ मान्छे मारिएपनि प्रचण्ड र माओवादी नेताहरुलाई कुनै मुद्दा नलागेको तर, थारुले आन्दोलन गर्दा रशेम लगायतलाई जेलमा राखेको उनले बताए । उनले भने, प्रचण्डजी दुई ढंगको व्यवहार नगर्नुस् र यसलाई गम्भीरतापूर्वक लिनुस् ।’

राम्रो काम गरोस् भनेर सरकारलाई समर्थन गरेको तर, दुई तिहाईको सरकार ‘खुँदा पहाड, निकला चुहा’ भने झै भएको महताको टिप्पणी थियो । प्रचण्डले सरकारले प्रशंसा गरेकोतर्फ इंगित गर्दै उनले आफैंले आफ्नो पिठ थपथपाउने काम नगर्न सुझाए । उनले भने, ‘गर्नुपर्ने काम नगर्ने, अनि सबठिकठाक भन्ने ?’

सरकारले संविधान संशोधन अघि नबढाएको भन्दै असन्तुष्टि जनाएका उनले सात दिनभित्र यसबारे ठोस जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu