ज्ञानु पंगेनी,,
नवलपुर := कला धर्म र संस्कृतीको संरक्षण र संबद्र्धन गर्ने उदेश्यले नवलपरासी पूूूर्व नवलपुरको कावासोतीमा प्रथम माघि (खिचरी) सास्कृतीक महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणी सभा नवलपुरको आयोजनामा यहि माघ २७ गतेबाट महोत्सव शुरु हुने शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । थारु कल्याण कारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महातोले माघी पर्व थारु समुदायले मात्रै नभई सबै समुदायले मान्ने पर्व भएकाले यस पर्वलाई राष्ट्रिय पर्व बनाउनु पर्छ भन्ने सन्देश दिनका लागि पनि माघी महोत्सवको आयोजना गर्न लागिएको बताए ।
नवलपुर विभिन्न जातजातीको बसोवास संगै गण्डकी प्रदेशको समथर भू – भाग भएको जिल्ला भएकाले यस जिल्ला कृषिको पकेट क्षेत्रका रुपमा समेत रहको छ र जसलाई परिचित गराउने समेत महोत्सवको उदेश्य रहेको महतोले जानकारी दिए ।कावासोती १६ डण्डामा रहेको थारु राष्ट्रिय संघ्रालय अध्ययन केन्द्रको प्रचार प्रसार र प्रबद्र्धन गर्नका लागि पनि महोत्सवले ठूलो टेवा पुर्याउने महतोले बताए।
पुस २७ गतेबाट माघ छ गतेसम्म संचालन हुने महोत्सवको मुख्य आकर्षणका रुपमा प्रतेक दिन यहा बसोबास गर्ने विभिन्न जातजातीको झाकी प्रदर्शन र खानाका परिकार रहने छ । यस्तै महोत्सव अवधिभर नि शूल्क आ“खा शिविर , प्रथम राष्ट्रिय माघी डान्स आईडियल र राष्ट्रिय भलिबल खेल समेत संचालन हुने छ ।
यस्तै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको साङ्गेतीक प्रस्तुती समेत रहने जनाईएको छ ।