हमार सनेश सहकर्मी ,,
युएई := थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव मनाउने बताइएको छ।
‘थारु कला, संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान’ मूल नाराका साथ जनवरी ११ तारिखमा कार्यक्रम आयोजना हुने बताइएको छ। रेनट्री रोल्ला होटलमा आयोजना हुने कार्यक्रममा नेपालबाट गायक श्रीनिवास चौधरी, केशवराज महतो,थारु पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्ष मदन चौधरी,वरिष्ठ समाजसेवी रामलाल चौधरी लगायत भुरभुरा रहर फिल्मको टिम सहभागी हुने आयोजकले जनाएको छ।
हरेक वर्षझैं यसवर्ष पनि थारुहरुको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम गरिने रुपेश चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा थारु परिकारहरुको पनि व्यवस्था हुनेछ।
कार्यक्रममा सहभागी हुन युएई बस्ने थारुहरु लगायत सम्पुर्ण नेपालिहरुलाई आयोजकले हार्दिक आह्वान समेत गरेको छ। थाकस सभाको युएई च्याप्टरले सामाजिक कामको साथसाथै हरेक वर्ष माघी पनि मनाउँदै आएको छ।