कामदार आपूर्तिमा दलाल हटाउन मलेसियाको ‘होमवर्क’

Wednesday, 19 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= विदेशी कामदार ल्याउन बिचौलिया अर्थात् मिडलम्यानको सहारामा रहेको मलेसियाले अब भने मिडलम्यान अर्थात् बिचौलिया हटाउने तयरी गरेको छ । रोयटर्ससँग कुराकानी गर्दै मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसियाको रोजगारमिा बिचौलिया हटाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन् ।

कामदार आपूर्तिमा मिडलम्यानको प्रयोगका कारण कामदार आपूर्तिमा अत्याधिक रकम खर्च भएको र कामदारलाई समेत आर्थिक भार थपिएको बताउँदै मलेसिया सरकार मिडल म्यान हटाउने होमवर्कमा लागेको कुलासेगरनले बताएका छन् । 
कामदारहरुमाथि भएको शोषणविरुद्ध कदम चाल्नैपर्ने दबाबमा परेको मलेसियाले बिचौलियालाई पूर्ण रुपमा निर्मूल गर्नको लागि अगाडि बढ्ने  स्पष्ट संकेत गरेको छ। बिचौलियाहरुले करोडौं विदेशी कामदारहरुबाट ठूलो रिक्रुटमेन्ट फि लिने गरेका थिए, जसका कारण कामदारहरु ऋणमा पर्ने र शोषणको खतरामा रहने गरेको देखिएको छ । 

मलेसियामा स्थानीयले उद्योगदेखि निर्माण र कृषिमा विदेशी कामदारहरुकै भर पर्ने गरेका छन् । धेरै विदेशी कामदारहरु ठूलो रकम ऋण बिचौलियालाई तिरेर मलेसिया आउने गर्छन् । यसले गर्दा उनीहरुले वर्षौं सम्म गरेका कमाई ऋण चुक्तामै खर्च गर्नुपरेको छ । यसलाई आधुनिक समयको दासताको एक रुप ‘ऋण बन्धन’ भन्दै मलेसियाले धेरै शुल्क असुल्ने मिडल म्यान हटाउने तयारी सुरु गरेको हो । 
यो समस्या सम्बोधन गर्नका लागि मलेसियाले कात्तिक १२ गते नेपालसँग सिधै कामदार रिक्रुट गर्ने सम्झौता गरेको छ । यो सम्झौता नेपालले आफ्ना कामदारहरुमाथि गरिने व्यवहार र मलेसिया जाने कामका लागि लाग्ने अत्याधिक शुल्कलाई लिएर केही समय कामदार पठाउन रोकेपछि मलेसिया नेपालसँग श्रम सहमति गर्न बाध्य बनेको थियो ।

यसै सहमतिलाई लिएर मानव संशाधनमन्त्री एम कुलासेगरनले रोयटर्ससँग भनेका छन्, ‘यो मानव तस्करी र कामदारहरुको शोषणा रोक्न गरिएको हो पहल हो । कामदारहरु यो देशमा आएर ऋणको बन्धनमा हुने र आफूले लिएको ऋण तिर्न कुचक्रमा फस्ने खतरा बढेपछि गरिएको सहमति हो । ’
कात्तिक १२ गते भएको सहमतिअनुसार अब नेपाली कामदारहरुको सम्पूर्ण  खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्छ । यसमा हवाई भाडादेखि, भिषा र मेडिकल जाँच फिसमेत समावेश छ ।  नेपालसँग भएको जस्तै सम्झौता अब बंगलादेश, इण्डोनेसिया र भियतनामसँग पनि गर्ने तयारीमा मलेसिया रहेको छ । 

बंग्लादेश, इण्डोनेसिया र नेपाल मलेसियाका २० लाख कूल कामदारको सबैभन्दा धेरै कामदार पठाउने राष्ट्रहरु हुन् । तर अझै लाखौं बढी सरकारी अनुमति बिना काम गरिरहेको मलेसियाले जनाएको छ । 

बढी काम

विश्वको सबै भन्दा ठूलो ग्लोभ निर्माता मलेशियन कम्पनी ‘टप ग्लोभ’ ल यहि महिना खराब रिक्रुटेमेन्ट एजेन्टसँगको सम्बन्धन टुटाउने बताएको छ । उसले आफ्ना केही कर्मचारीहरुले ऋण तिर्नको लागि अत्याधिक बढी समय काम गरिरहेको थाहा पाएपछि यो कदम उठाएको हो । 
अभियानकर्मीहरुले वर्षौंदेखि मलेसियालाई बिचौलिया निर्मुल गर्न माग गरिरहेका थिए । उनीहरुका अनुसार बिचौलियाले कामदारबाट २० हजार मलेसियन रिंगिट लिने गर्छन् । यसै कारण कामदारहरु यो रकम तिर्नकै लागि वर्षौं पसिना बगाउन बाध्य हुन्छन् । 

ऋण बन्धन आधुनिक दासताको सबैभन्दा प्रचलित माध्यम हो । यसले विश्वभरिका ४ करोड मानिसलाई प्रभावित गरेको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले जनाएको छ ।  युएस स्टेट डिपार्टमेन्ट (अमेरिकी विदेश मन्त्रालय) ले सन् ‘२०१८ ट्राफिकिङ इन पर्सन’ रिपोर्टमा मलेसियालाई आफ्नो टायर २ (दोस्रो सबैभन्दा न्यून र्याकिङ्गमा) वाच लिस्टमा राखेको छ । ऋण बन्धन समेत मानव तस्करीमा पर्याप्त काम नगरेको भनेर मलेसिया उक्त सूचीमा परेको हो ।

यतिबेला मलेसिया सरकार आँफै सफ्टयेवर निर्माणको चरणमा रहेको छ । सफ्टवेयर निर्माणको काम सकिएपछि सम्भवतः सन् २०१९ को जनवरीबाट बिचौलिया हटाई फ्रि भिषा, फ्रि टिकटमै कामदारको आपूर्ति गर्ने गरी यतिबेला होमवर्क गरिरहेको बताइएको छ ।
नेपालबाट मलेसिया रोजगारी रोकिएको ७ महिना पूरा भइसक्दा पनि खुल्न सकेको छैन । मेडिलदेखि अन्य सेवा प्रदायक अर्थात् मिडलम्यान हटाउन नेपालले आग्रह गरेपछि त्यसको विकल्प र तयारीमा मलेसिया सरकारले काम गरिरहेको छ । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu