राम अवतार चाैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज न.पा.३, भितरिया गाउँ देखि उत्तरतर्फ जङ्गलमा चर्ना गएकाे बेला गाई घाइते भएकाे छ ।
घाइते गाई हिजाे दिउसाे जङ्गल चर्ना गएकाे बेला मिसाइल तथा बरान प्रयाेग गरिएर बनाइएकाे बम गाेला गाईले खाने क्रममा पड्केर घाइते भएको स्थानीयले बताएका छन् । गाई बेलुका करिब ६ बजेतिर घाइते अवस्थामा घर अाएकाे शंकर भण्डारीले बताए ।
उक्त गाई साेही गाउँ निवासी शंकर भण्डारीकाे रहेकाे बताईएको छ । जङ्गलमा चाेरी सिकारी गर्ने अपराधीले बँदेल, हरिण लगायत अन्य जङ्गली जनावरहरूकाे चाेरी सिकारी गर्दै अाएका स्थानीय भण्डारीकाे भनाई छ ।
यसैगरी उक्त गाउँका स्थानीय बासी सञ्चारकर्मीसँग करा गर्दै भने; हामीलाई यस्तो अवस्था अाउन बेर छैन् । अाज त गाई मात्रै घाइते भयाे भाेली हामीलाई यस्तो अवस्था नअाउल भन्न सकिँदैन किनकि जङ्गल घाँस, दाउरा र गाेठाला गर्न गएकाे बेला जाेखिम हुन सक्छ, त्यसैले यस्ता चाेरी सिकारी गर्ने अपराधी समयमै पत्ता लगाएर कानुन बमोजिम सजाय दिनुपर्छ उनीहरूले भने।
यस्ता अपराधी गतिविधिलाई नियन्त्रण गर्न स्थानीय तथा सम्बन्धित निकायलाई भण्डारी लगायत स्थानीय बासीले माग राखेका छन् ।