आर एन चौधरी थारु,,
मलेसिया := मञ्जुश्री संवत २८५४, औं सोनाम ल्होछार (खि) नागी ल्हो लाई बिदाई गर्दै २८५५,औं सोनाम ल्होछार (फाग) ल्हो सुंगुर ल्हो लाई पछ्याउदै तामाङ जातीको महान पर्व सोनाम ल्होछार तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त प्रयासमा भब्य आयोजना हुने भएको छ।
कार्यक्रम नेपाल बाट आउने ६ जना अतिथि कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा आउदो बर्ष २०१९ को फेब्रुअरी महिनामा ५ तारिखको दिन मलेसियाको मुख्य शहर क्वालालम्पुर स्थित एरेना स्टार होटलको प्राङ्गणमा सो कार्यक्रम आयोजना गर्न लागेको तामाङ समाज मलेसियाको केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाईबा तामाङले जानकारी दिनु भयो।
मलेसियामा रहेका तामाङ हरु एक हुनु पर्छ,
हाम्रो हृम,ठिम हामी आफैले सजाउनु पर्छ,
यो हाम्रो कर्तव्य लाई हामीले पालना गर्नै पर्छ,
ल्होछार हाम्रो चाड हो भनेर दुनियाँसामु चिनाउनै पर्छ,
जहाँ हामी एक हुन्छ त्यहाँ समस्याको समाधान हुनै पर्छ
अनि मात्र जहाँ तामाङ त्यहाँ तामाङको चिनारी हुन्छ र हुनै पर्दछ भन्ने मुल उदेश्य र नाराको साथ तामाङ समुदायको महानचाड ल्होछार मनाउन लागेको समाजका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाईबाले भन्नू भयो।
मलेसियाको इतिहासमै पहिलोचोटि रोजगारी गर्दै बसिरहेका तामाङ समुदायको युवा,युवतीहरु एकजुट भएर स्वदेशमा मात्रै नभैई बिदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको हो।
तत्कालको लागी भने कलाकारहरुको नाम खुलाइएको छैन तर आयोजकले मलेसियामा कार्यरत रहनु भएका सम्पुर्ण तामाङ समुदाय लगायत नेपालीहरुलाई निर्धक्क भएर कार्यक्रममा उपस्थिति जनाउन र भरपुर मनोरञ्जन लिन आग्रह गर्नु भएको छ भने कलाकारहरुको पिक्चर सहित कार्यक्रमको ब्यानर र पोस्टर केही दिन पछि समाजिक संजाल मार्फत नै सार्वजनिक गर्ने बताउनु भयो।