विवशले श्रीदेवीलाई बैश कस्को लागि हो भनेपछि, बैश खोज्न पुगे बढैयाताल

Wednesday, 26 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

भगतराम थारु,,
नेपालगञ्ज := चर्चित थारु मोडल विबश चौधरीले बैश खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक, सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड, त्यही भिडमा हराएका थिए विवश र श्रीदेवी ।

फरक पहिरनमा मोडल विवश पिकनिक स्पर्टकै विचमा उभिएका थिए । छेउमा उभिएकी एकजना केटीलाई जिस्काउदै विवशले भने यस्तो पूुलजस्तो बैश कस्को लागि सजाएर राखेको नानी ? छेउमा उभिएको नानी चुपचाप लागिरहे । बोल्न हिम्मतै गरेनन् । फेरि विवशले भने एक पटक ओकेमात्र भन्देउ यो ज्यान हजुरकै लागि सुम्पिने छु ।

मुस्कुराउदै नानीले भनिन केटाहरु आउँछन मसंग बोल्नलाई बैश कस्को लागि हो ? भन्छन आखिर ममा रहेको छ के ? विवशले विस्तारै भने यति राम्री सुन्दरी पहिरन र जिउडाल सव मिलेकै हुनाले केटाहरु जिस्काउनु पनि स्वाभाविक हो । चिटिक्क परेकी ती केटी एकछिन पछि बैश हजुरकै लागि हो भनेपछि विवशले हात समातेर अंगालोमा बेर्न पुग्छन् ।

एक छिनपछि कट कटको आवाज आयो र वरिपरी बसेका मानिस जिल्ला परे । यो नाटक हो कि के हो गुनगुनाउन थाले । एक जना पछि बसेका युवाले भने यो थारु म्युजिक भिडियोको सुटिङग हुदैछ भनेपछि बल्ल त्यस ठाउँमा जम्मा भएका मानिसहरुले थाहा पाए ।

यो थियो थारु गायक लक्ष्मण चौधरी र गायीका श्रीदेवी चौधरीको स्वरमा रहेको बैश तोहार फूला असक फुलल बा, बैश केकर लाग हो ? एक चो हा केलाग कैदेहो यी जिउ ज्यान तोहार लाग हो । बोलको म्युजिक भिडियोको सुटिङ थियो त्यो । बैश तोहार फूला अस फुलल बा, उह बैशमा दुनिया भुलल बा बोलको गीतमा कोरियोग्राफर सुधराम दहित, क्यामरामा सतिश सिन्हा, क्यामरा सहयोगी सुरज चौधरी, सिङगारमा सन्ध्या योगी, यातायात सहयोगी मुन थारु रहनुभएको छ ।

कोरसमा सुनिता, दिलकुमारी, सान्नी, सपना, तुलसा, मनिसा, आसा, अमिता र विज्जु छन् । गायक लक्ष्मण र श्रीदेवीको यो दोश्रो गीत हो भने गायीका श्रीदेवीले आफै मोडलिङग गरेकी छन् । गीतको सुटिङग सुर्खेतको नयाँगाउँ होमस्टे, भेरीपुल र बर्दियाको बढैया तालमा गरिएको छ । यस लगत्तै तोहार दिल बोलको गितमा सुटिङ हुने विवश चौधरीले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu