काठमाडौं:=नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले चुनावमा जित निकालेको सुनसरी–३ की कडास्पर्धी हुन् तत्कालीन एमालेकी नेतृ भगवती चौधरी ।
चौधरी एक समय राज्यमन्त्री पनि भएकी थिइन् । अहिले उनै चौधरीको टाउको दुखाई बनेका छन् नक्कली लेफ्टिनेन्ट जो चुनाव प्रचारका बेला ‘मम्मी’ भन्दै बुर्कुसी मार्ने गर्थे ।नेपाली सेनाले रेकी गरी नक्कली लेफ्टिनेन्ट पक्राउ गरी प्रहरीलाई बुझाएपछि उनका बारेमा निक्कै रहस्य खुल्न थालेको जनप्रहार साप्ताहिकले जनाएको छ ।
जसले भगवतीको राजनीतिक पृष्ठभूमि नै बिग्रने खतरा छ । सुगम ठकुरी नामका ती व्यक्ति पहिला ७ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा परेका थिए ।नाबालक भएको भन्दै परिवारको जिम्मा लगाइएको थियो । मुद्दा डिसमिस बनाइयो । अहिले अपराधको अर्को चरणमा छिर्नैलाग्दा उनी पक्राउ परे । जहाँ जहाँ भगवती त्यहाँ त्यहाँ लेफ्टिनेन्टको बर्दीधारी सुगमले आफुलाई फसाएको प्रतिक्रिया भगवतीले दिए पनि चुनावमा किन पोल्टामा राखिन् ? सोधिन थालेको छ ।
सुगमलाई प्रहरीले बलात्कार आरोपमा ०६७ सालमा पक्राउ गरेको थियो । सुगम भगवतीका छोरा द्रव्यका नजिकका साथी हुन् ।सामाजिक सञ्जालमा चुनावी प्रचार सामाग्री बनाउन र पोष्ट गर्न जिम्वेवारी पाएका सुगमले पछि भने भगवतीसँग सँगै हिड्ने काम गर्न थाले । कतिपयले त भगवती चौधरीलाई समेत कारवाही हुनु पर्ने माग गरेका छन् ।
नक्कली सेनाको मान्छे भनेर जान्दा जान्दै भगवतीले किन सुगमलाई गार्ड बनाइन् ? भनेर प्रश्न उठेको छ ।
निर्वाचनको परिणाम पछि पनि सुगमले भगवती चौधरीलाई छाडेन । छोराको मिल्ने साथी भएपछि ठकुरीलाई भगवतीको किचेन सदस्य बनाएर राखिएको थियो । दुई चार दिन भगवतीकै घरमा बस्ने गर्थे । नक्कली सेना प्रकरणले भगवती चौधरीलाई समेत तानेपछि उनले आफू मम्मी शब्दका कारण फसेको बताउने गरेकी छिन् ।