हमार सनेश सहकर्मी ,,
काठमाडौं:= नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले नेपाल शिवरात्रीमा गाँजा खानेहरुको मात्रै देश नभएको बताएका छन् ।
आदिवासी जनजाति चाडपर्वमा राष्ट्रिय विदा पुनःस्थापना माग गर्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै बरामले सो कुरा बताएका हुन् ।उनले भने, ‘यो देश शिवरात्रिमा गाँजा खानेहरुको मात्रै देश होइन, यो देश उधौली उभौली मान्नेहरुको पनि हो, यो देश श्यादर पिदर मान्नेको पनि हो, यो देश माघी र माघे सकराति मान्नेको पनि देश हो ।’
उनले नेपालका डेढ करोड आदिवासीहरुको चाडलाई राष्ट्रिय चाड घोषणा नगरिए सिंहदरबारभि त्र छिरेर अधिकार लिने चेतावनी दिए ।‘सिंहदरबारभित्र बस्नेले पनि सुन्नुस, सिंहदरबार बाहिर बस्नेले पनि सुन्नुस्, अहिले हामी मांइतीघर मण्डलामा छौ यदि हाम्रो माग सुनुवाइ भएन भने भोलि हामी सिंहदरबारभित्र पसेर आआप्mनो अधिकार लिन्छौ,’ अध्यक्ष बरामले भने ।
उनले समृद्ध मुलुक बनाउन विदा नै बाधक भएको हो भने दसैं र तिहारमा विदा गरौ भन्दै प्रस्ताव समेत राखे ।उनले भने, ‘ल्होसारको दिन सिंहदरबार खुल्छ भने दसैंको टीकाको दिन पनि सिंहदरबार खुल्नुपर्छ ।’
केपी ओली प्रधानमन्त्री भएपछि आदिवासी जनजातिको चाडपर्वमा दिइने विदा कटौती गरिएको थियो । उक्त विदा पुनःस्थापनाको माग गर्दै महासंघ लगायत विभिन्न जातीय संस्थाले माइतीघरमा प्रदर्शन गरेका हुन् ।