राम अवतार चाैधरी
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिका-९, भगवानपुरमा अायाेजना भएकाे दुसरा माघी मिलन साँस्कृतिक महाेत्सव मंगलबार सभ्य भव्य सम्पन्न भएकाे छ ।
भगवानपुर गाउँ समाज समितिद्वारा अायाेजित महाेत्सव ३ दिन सम्म सञ्चालन रहेकाे थियाे । महाेत्सवमा थारु संस्कृति झल्काउने थारु समुदायमा लाेप हुँदै गएका परम्परागत नृत्य कलाकारहरूले प्रस्तुत गरेका थिए ।
यसैबीच महाेत्सव समापनका प्रमुख अतिथि रहनु भएकी शिवराज नगर उप-प्रमुख शिव कुमारी थारुले कार्यक्रमलाई सम्बाेधन गर्दै थारु कला संस्कृति जर्गेना गर्ने उद्देश्यले महाेत्सव अायाेजना गरेकाेमा धन्यवाद ! दिनुभयो । साथै अागामी समयमा पनि यस्ताे महाेत्सवकाे अायाेजना गर्न अाग्रह गर्दै माघी मिलन कार्यक्रमलाई सफल बनाउन थारु समुदाय मात्रै नभई गैर थारु समुदायले पनि सहयाेग गरेकाेमा खुसी समेत थारुले व्यक्त गर्नु भयाे । अगामी दिनमा थारु समुदायमा लाेप हँदै गएका परम्परागत पाेषाक लेहंगा, चाेलिया, अंगिया, मंगिया, सुटिया लगायत धकिया, बेंवा, ढेंकी, चकिया, डेलिया, हेल्का, डाेक्वा, पाैवा जस्ता अन्य समाग्रीलाई शिवराज नगरपालिका भित्र संग्राहलय बनाएर राखिने प्रतिबद्धता समेत उप-प्रमुख थारुले व्यक्त गर्नुभयो ।
त्यसैगरी महाेत्सव कार्यक्रममा बाेल्ने अधिकांश बक्ताले नेपालकाे समग्र विकास गर्न थारु बहुल्यता रहेकाेले थारु समुदायकाे पनि महत्त्वपूर्ण भूमिका र याेगदान रहेकाे हुनाले यसलाई पनि समेतिएर अघि लैजानुपर्नेमा जाेड दिँदै यस्ताे मेला महाेत्सवकाे अायाेजना गर्दा लाेप हँदै गएका थारु पहिरन देखि लिएर खानपान समेत जाेगाउनुपर्नेमा बिशेष ध्यान दिनुपर्ने बताएका थिए ।
उक्त महाेत्सव भव्य बनाउन थारु समुदाय लगायत सबै जन समुदायकाे निकै हर्ष उल्लासका साथ सहयाेग र घुँईचाे लागेकाे थियाे । साथै एकदमै चर्चित, सुमधुर स्वरका धनी कलाकारहरूले बजाेड प्रस्तुति राखेर दर्शकहरूलाई मनाेरञ्जन दिएका थिए । र साे महाेत्सव कार्यक्रम उत्तम चाैधरी, भिखु थारु र मिहमा थारुले सञ्चालन गरेका महाेत्सव संयाेजक रमेश थारुले बताउनुभयाे ।