हमार सनेश सहकर्मी ,,
धनगढी:= कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीलाई आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराईने भएको छ।
चौधरीले बिहीवार ३:०० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको हो।
स्रोतका अनुसार रेशमले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गर्नेछन् । राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी र दबाब दिँदै आएको थियो।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट करिब ३४ हजार मत प्राप्तगरि प्रत्यक्ष निर्वाचित भएका थिए ।
चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए ।
निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कैलाली जिल्ला अदालतले चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।