ज्यौनास : हराइसकेको परम्परा (पढेर एक सेयर अनिवार्य गर्नुस्)

Saturday, 26 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दिल बहादुर चौधरी,,

यतिबेला बिहाको समय छ । थारु, मधेशी, पहाडी, आदिबासी जनजाति प्रायः समुदायमा बिहा भैरहेको छ । फागुन महिनामा झन बढी बिहा हुन्छ । जब जब फागुन आउँछ, म ज्यौनासलाई सम्झन्छु । तर ज्यौनास सम्झनामा मात्रै रहेको छ । बच्चाहरुलाई सुनाउनका लागि कथाको रुपमा रहेको छ । मलाई लाग्छ, परम्पराबारे अहिले करिब ३० बर्ष उमेर पुगिसकेका धेरै युवा युवतीहरु यसबारे अनभिज्ञ छन्। किन कि समुदायले एउटा राम्रो परम्पराको अन्त्य गरिसकेको छ । मेरो उमेर समुहको साथीहरुलाई यसबारे जानकारी छ, तर यसलाई जोगाउँदा राम्रो, नराम्रो के हुने हो ? चिन्तन मनन निकै कम छ ।

लेखकः दिल बहादुर चौधरी

के हो त ज्यौनास? यसबारे यहाँ संक्षिप्तमा बताउन आवश्यक छ । ‘ज्यौनास’ भनेकोदुलहा जन्तीसहित बरात आउँदा दुलही पक्षकाले दुलहीहरुको घर भन्दा टाढा दुलहासहित जन्तीहरुका लागि बनाइने सामुहिक बासस्थान हो, जहाँ दुलहाले दुलहीको घरमा अपनाइने बिधि प्रक्रिया पश्चात गएर बस्ने, दुलहा गाउँलेहरुबिच चिनजान, परिचय गर्ने, नाचगान, रमाइलो गर्ने, राहरंगी गर्ने गर्दछन् ।

पहिले पहिले थारु गाउँमा प्रायः फागुन महिनामा बिबाह गर्ने चलन थियो । फागुन महिनाभरी बिबाह हुन्थ्यो । फागुन महिनाको हरेक हप्ताको सोमबार, मंगलबार बिबाहका लागि उपयुक्त मानिन्थ्यो । माघ धर्मकर्म, भेटघाट, खोजनीबोजनी, घर फुटाईमे बित्थ्यो भने फागुन महिनामा थारुबस्ती बिबाहमय हुन्थ्यो । चारैतिर बाजागाजाले बाताबरण गुञ्जायमान हुन्थ्यो ।

गाउँमा बिबाह हुने उमेर समुहका केटीहरुको सँगै बिबाह हुन्थ्यो । फागुन महिनाका हरेक सोमबार, मंगलबार बिहाका लागि उत्तम मानिन्थ्यो । बिहाका लागि पात्रो हेर्ने, लगन जुराउने चलन थारुहरुमा थिएन । फागुन महिनाका हरेक सोमबार दुलहा पक्षबाट दुलहीको घरमा सगुनको रुपमा चामल, दाल, नून, तेल जान्थ्यो । सगुनको रुपमा चामल, दाल बोक्नेहरुको गालामा पानीमा चामलको पीठो घोली हातका औंलाका छाप लगाइन्थ्यो । सगुनको रुपमा लगिने चामल, दालको सुरक्षार्थ एकजना गार्ड जान्थे, जसलाई भोजुवा भनिन्थ्यो । दुलहीको घर नजिक पुगेपछि भोजुवाले बन्दूक पड्काई सगुन पुगिसकेको सूचना दिन्थे । दुलही पक्ष सगुन बुझ्न तयार हुन्थे । दुलही पक्षले सगुन राम्रोसँग बुझ्ने, नबुझ्ने, गर्ने मान मर्यादाबाटै दुलही पक्ष खुशी वा असन्तुष्ट रहेको कुरा थाहा हुन्थ्यो ।

मंगलबारका दिन बरात जान्थ्यो । बरातमा प्रायः पुरुष मान्छेहरु जाने गर्दथे । बाजागाजासहित बरात जाँदा दुलही तिरका गाउँलेहरुबरात पालैपालो बरात छेक्दै दुलहीका घर पठाउँदथे । दुलहालाई दुलहीको ब्यापक स्वागत हुन्थ्यो । दुलहाले दुलही घरको मिंझारी (देउता कोठा) मा भाला, बर्छी गाडीसकेपछि, तरवार राखिसकेपछि, कचरीक बरिया (मासको दालको पकौरी) र खाना खाइसकेपछि ज्यौनासमा पठाइन्थ्यो । अर्थात दुलाहाले दुलहीको घरमा अपनाइने रीतिथितिलाई पुरा गरिसकेपछि ज्यौनासमा पठाइन्थ्यो । जन्तीहरु दुलहासँगै ज्यौनासमै बस्ने, नाच्ने, गाउने, रमाइलो गर्ने गर्दथे । ज्यौनासमै अलग अलग गाउँ, ठाउँबाट आएका दुलहाहरु, उनका जन्तीहरुबिचमा चिनजान, परिचय हुन्थ्यो । धेरै रमाइलो बाताबरण हुन्थ्यो ।

आज ज्यौनास परम्परा हराएर गएको छ । एक दिने बिबाहले ज्यौनास परम्परा लोप भएको छ । अहिले ज्यौनास परम्पराको पक्ष र बिपक्षमा बहस भैरहेको छ । एकथरीको भनाई ‘ज्यौनास’ परम्परा खर्चिलो, गरिब र धनीले दुलहाहरुलाई ‘ज्यौनास’ मा सँगै राख्दा अलि बर्ग छुट्टिने समस्या थियो, त्यसैले यो हराउनु नै राम्रो हो भन्ने तर्क छ भने अर्कोथरीको तर्क छ, ‘ज्यौनासले नाता सम्बन्ध गाँस्ने प्रारम्भिक चरणमै धेरै जनासँग चिनजान, परिचय हुने, धेरै गाउँका जन्ती सँगै हुँदा रमाइलो हुने, समय काट्न पनि सजिलो हुने, दुलही पक्षकाहरु मिलेर सबै दुलहाहरुको मान सम्मान गर्न सहयोग हुने, कम खर्चमा बिबाह हुने काम हुन्थ्यो, त्यसकारण यसलाई पुनः ब्यूँताउनु पर्दछ ।’ यसरी दुईखाले बहस जारी छ ।

छोटकरीमा के भन्न सकिन्छ भने ‘ज्यौनास’ कतिपयको लागि खर्चालु, कतिपयको लागि रमाइलो परम्परा हो । अहिलेको पुस्ताका लागि नदेखेको परम्परा हो ज्यौनास । तर कसैले मेरो धारणाको कुरा गर्दछ भने म त भन्छु, यसलाई पुनः ब्युँताउन जरुरी छ । यो राम्रो परम्परा थियो, फरक फरक दुलहा, जन्तीहरुका लागि चिनजान गर्ने, सम्बन्ध बढाउने राम्रो मौका थियो । भलमन्सा, नजिकका नातेदारहरुले बिहान बासी खुवाउने अवसर पाउँथे, कुन दुलहीका दुलहा को हुन् ? गाउँका मान्छेहरु एकै ठाउँमा देख्ने अवसर पाउँथे, मेलमिलाप राम्रो भएको ठाउँमा एक अर्काको सहयोग भए गरिबका लागि सामुहिक बिबाह उपयोगी साबित हुन्थ्यो । जहाँसम्म खर्चपर्चको कुरा छ, अहिले पनि खर्चालु ब्यक्तिहरु खर्च गरेकै छन् । कतिपयले जग्गा जमीन बेचेर बिबाह गरिरहेका छन्

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu