प्रहरी इन्काउन्टरमा सप्तरीका दीपेन्द्र चौधरीको मृत्यु

Wednesday, 23 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।

जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बताए। प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए। चौधरीको टाउकोमा गोली लागेको छ। उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताए।

माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu