आर एन चौधरी थारु,,
मलेसिया := चर्चित युवा गायक तथा मोडल रमित लामा र गायीका रेश्मा वम्जनको स्वरमा सजिएको गोरी गोरी वोलको गीतको म्युजीक भिडीयो ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनीक भएको छ।
दर्जन बढी म्युजिक भिडियोमा नृत्य निर्देशन तथा मोडलिङ गरिसकेका यस् म्युजिक भिडियोमा समेत खेम मोक्तानकै निर्देशन रहेको छ।भिडियोको छायांकन भने रोशन फ्युबा तामाङले गरेको हुन।
यता भने करिब दुई दर्जन बढी उत्कृष्ट तामाङ सेलोगितहरुमा आफ्नो स्वर दिई दर्शकहरुको मन जित्न सफल हुनु भएका गायक लामाको गायीका रेश्मा लामा सगंको यो पहिलो सहकार्य हो ।
भिडीयोमा मोडल खेम मोक्तान,नेहा तामाङ र प्रज्ञा तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ। केशव विश्वकर्माको शव्दलाई पुस्कर सुनुवारले संगीत भरेका छ्न। सुर्य लामाले सम्पादन गरेको यो भिडीयो सोमवार मात्र ओएसआर डिजीटलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनीक भएको हो।
गायक रमित लामा हाल भने रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन।गित संगितमा औधी रुचि राख्ने लामा आफ्नो रोजगारीको अलावा गायन क्षेत्रलाई समेत निरंतरता दिइदै आइरहेको छ।
उत्कृष्ट गायन संगै सफलताको शिखर चुम्दै लामाले विभिन्न अवार्डहरु समेत हात्त पारेका छ्न।